coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालिकोटमा दुई घन्टाका लागि कर्फ्यु फुकुवा, मृतक परिवारले २५ लाख पाउने

कालिकोट– शनिबार दिउँसो ३ बजेदेखि लगाएको कफ्यू आइतबार दुई घन्टाका लागि फिर्ता लिएको छ । बहिान ८ बजेदखि १० बजेसम्मका लागि फिर्ता लिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनले शनिबार जिल्लाको स्थित तनावग्रस्त भएपछि कफ्र्यू लगाएको थियो । शुक्रबार दिउसो म्यादी प्रहरी विवेक ऐडीलाई प्रहरीले गोही हानी हत्या गरेका विषयलाई लियर तीन दिनदेखि आन्दोलन चर्किएको छ । शनिबार प्रदेश नम्वर ६ का क्षेत्रीय प्रशासक सुरेशमान प्रधानको नेतृत्वमा टोली घटना बुझ्न कालिकोट आइपुगेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा रास्कोट नगरपालिका २ घर भएका मृतक विवेक ऐडीमाथि गोली प्रहार गरी हत्या गर्ने दोषीलाई छानबिन गरी कडा कारबाही गर्ने निर्णय भएको छ । त्यस्तै म्यादी प्रहरीको विमाअनुसार १५ लाख रुपैयाँ मृतकका आफन्तले पाउने क्षेत्रीय प्रशासक सुरेशमान प्रधानले बताए ।
आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गर्ने र गोली प्रहार गरी हत्या भएको घटनाको गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा छानबिन समिति गठन गरी दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको उनले बताए ।
शनिबार सदरमुकाम र काठमाडौंमा कालिकोटवासीले गरेका आन्दोलनलाई शान्त गर्न आग्रह गर्दैै गृह मन्त्रालयले मृतकका आफन्तलाई राहतस्वरुप १० लाख दिने निर्णय भएको प्रशासनले जनाएको छ ।
आइतवार जिल्ला प्रशासनले राहतका लागि विशेष सम्वोधन गरेर आन्दोलन फिर्ता लिन लगाउने प्रशासनको तयारी छ । मृतकका आफन्त र स्थानीयवासीको सदरमुकाम मान्ममा आन्दोलन जारी छ ।

 

प्रकाशित: ९ पुस २०७४ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App