७ वैशाख २०८१ शुक्रबार
समाज

एक सयभन्दा बढी लागू औषध आरोपी पक्राउ

उदयपुर – उदयपुरमा लागू औषधको प्रयोग तथा कारोबार अत्याधिक बढेको प्रहरी ठहर छ । पछिल्लो ४ महिनामा लागू औषध कारोबारी र प्रयोगकर्ता भएको आरोपमा एक सय १२ जनालाई पक्राउ गरेर ५६ जनाविरुद्ध मुद्धा दर्ता गरिएको छ ।

प्रहरी प्रमुख एसपी नवराज भट्टले विगत ४ महिनामा लागू औषध कारोबारमा पक्राउ परेका ५६ जनाविरुद्ध मुद्धा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रहरीले गत वर्ष लागू औषध कारोबार र प्रयोगकर्ताबारे २५ वटा मुद्दा दर्ता गरेर कारवाही गरेको थियो। ‘चालु आर्थिक वर्षको ४ महिनामा एक सय १२ जना पक्राउ गरी ५६ वटा मुद्दा दर्ता गरिएको थियो । सार्वजनिक अपराध आरोपमा ९६ जनालाई पक्राउ परेकोमा ८० जनाविरुद्ध मुद्दा दर्ता भएको छन्,’ एसपी भट्टले भने । लागू औषध कारोवारीमध्ये जिल्लाका त्रियुगा नगरपालिका – १० बोक्से घर भई हाल ११ नम्बर गाईघाटमा बस्दै आएका ३० वर्षीय पेशल घिमिरे पुर्पक्षका लागि थुनामा छन् । उनीसहित अमृत महतो, दिवश राई, अरुणजंग कार्की, गौरव ढुंगेल, संजय चौधरी र मतेवुल मिया सार्वजनिक अपराध आरोपमा पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

पक्राउमध्ये २० जना अनुसन्धानकै क्रममा रहेको र ८५ जना धरौटीमा रिहा भएको मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक देविप्रसाद फागोले सम्मेलनमा जनकारी दिए । फागोका अनुसार सार्वजनिक अपराध आरोपमा पक्राउ पर्नेमध्ये २ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने ८७ जना धरौटीमा रिहा भएका छन् । ‘छोटो समयमा धेरै लागू औषध कारोबारी र सेवनकर्ता पक्राउ परेका छन्,’उनले भने । प्रहरीले लागू औषध नियन्त्रणका लागि ‘युरिन टेष्ट किट’ नामक यन्त्र जिल्लामा भित्र्याएको जनाएको छ ।

प्रकाशित: ९ पुस २०७४ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App