८ वैशाख २०८१ शनिबार
खेल

फाल्गुनन्द गोल्डकपमा एपीएफको लज्जास्पद पराजय

पाँचथर— पाँचथर सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा विभागीय टोलि एपीएफ पहिलो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तुलनात्मक रुपमा कमजोर आँकलन गरिएको सुनसरी ११ सँग ३–० को अन्तरले एपिएफ पराजित भएको हो।

पटक पटक पाएका मौका सदुपयोग गर्न नसक्दा एपिएफ स्तब्ध बन्न पुग्यो। सुनसरीका हेमन्त थापा मगरले खेलको २७ औँ मिनेटमा खोल गर्दै अग्रता दिलाए। ३४ मिनेटमा मगरलेनै गोल थपेका थिए। दुवै गोल फ्रि किक प्रहारबाट गरेका हुन्।
खेलको ५१ औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल थप्दै जितलाई पराकिलो बनाएका थिए। एपिएफका ङखेलाडीले पटक पटक पाएको

मौका गुमाएको थियो। एपिएफका स्टार खेलाडीहरुले गोल गर्न सकेका देखिदैनन थिए। दुई गोल गरेका थापा म्यान अफ दि म्याच घोषित भए। भोलीको खेलमा आयोजक फिदिम स्र्पोटि क्लवले विर्तायुनाईटेढ झापाको सामना गर्नु पर्नेछ।

प्रतियोगिता शुक्रवारबाट सुरु भएको हो। प्रतियोगिताको विजेताले ३ लाख रुपैया नगद र ट्रफी उचाल्नेछ। उपविजेताले २ लाख रुपैयाँ नगद र ट्रफिमा चित्त बुझाउन पर्नेछ।

प्रकाशित: ९ पुस २०७४ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App