coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीले ७ घर ध्वस्त, १५ लाख बढीको क्षति

 किरणमान बज्राचार्य

कपिलवस्तु–कपिलवस्तुको महाराजगंज गाविस–२ स्थित टमसत गाउँमा सोमबार राति २ बजे तिर आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। स्थानीय माहोम्मद हबिव धोबीको गोठबाट आगो फैलिएको थियो।

आगलागीबाट माहोम्मद हबिब, रामजन धोबी, करिम धोबी, नुर मोहोम्मद धोबी, रामकिशन  कुर्मी र कौशल धोबीको फुसको घर र गोठ जलेर ध्वस्त भएको प्रहरी नायव उपरिक्षक प्रहल अधिकारीले बताए ।

आगलागीले घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ताकपडा, काठ लगायतका सामाग्री नष्ट हुदा साढे १५ लाख बढीको नोक्सानी भएको उनले बताए। सो आगलाी, नेपाल र सशस्त्र प्रहरी, स्थानीयबासीको संयुक्त प्रयास पछि साढे ३ बजे तिर पुर्ण नियन्त्रणमा आएको थियो ।

प्रकाशित: २४ श्रावण २०७३ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App