coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय भलिबल प्रतियोगिता सुरू

पोखरा – पोखरा रंगशालामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरू भएकाे छ । मंगलबारदेखि २१ औं महिला र ३१ औं पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजनामा महिला र पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका टाेली सहभागि भएका छन् ।

प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको दुवैतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमश ५०, ३० र २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । पुरुषतर्फ पूर्वाञ्चल र नेपाल आर्मीबीच सुरूवाती खेल भएको थियो ।

प्रकाशित: ११ पुस २०७४ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App