८ वैशाख २०८१ शनिबार
फोटो फिचर

फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो (फोटो फिचर)

पाँचथर – पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्ड फुटबल प्रतियोगिता हेर्न आउने दर्शकको क्रेज बढेको छ । दर्शकका सुविधाका लागि बनाइएको अस्थायी प्याराफिट खचाखच भरिएको हुन्छ । दिउँसो २ः३० बजे हुने प्रतियोगिताका लागि दर्शकहरु १ बजेदेखि मैदानमा पुग्ने गरेका छन् ।

चार हजार दर्शक आट्ने गरेर अस्थायी प्याराफिट भरीभराउ देखिने गरेकोछ ।  ए डिभिजनका अनुभवी खेलाडीहरु सहभागिकाले पनि दर्शकहरुको सहभागिता बढेको आयोजकको दाबी रहेको छ । पूर्वी पहाडको पाँचथर, ताप्लेजुङ र इलाममा हुने फुटबल प्रतियोगितामा दर्शकको सहभागिता अध्याधिक हुने गरेको छ ।
आयोजक फिदिम स्पोर्टिङ क्लबको लगानीको आधा प्रतिशत टिकट बिक्रिबाट उठाउने गरेको छ । ‘करिब २० लाखका लागतमा आयोजित यो गोल्डकपको आधा प्रतिशत लगानी टिकट बिक्रिबाट उठाउने गरेका छौं । टिकटको मूल्य सयदेखि दुई सय मूल्यसम्म तोकेका छौं,’आयोजकका विमल श्रेष्ठले भने ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App