८ वैशाख २०८१ शनिबार
समाज

चार्जमा राखेको मोबाइल पड्केर घर आगलागी

जुम्ला—जिल्लाको पातारासी–५ छिपछिपेमा चार्जमा राखेको मोबाइल पड्किएर घरमा आगलागी भएको छ। आगालागीबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। स्थानीय  अम्मर बुढाको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

पड्केको मोबाइल कुन ब्रान्डको थियो भन्ने कुरा खुल्न सकेको छैन। राति साढे दश बजेतिर घरभित्र चार्जमा राखिएको मोबाइल पड्केर विद्युत् सर्ट भएपछि आगालागी भएको डिल्लीचौर प्रहरी चौकीले पुष्टि गर्‍यो। आगलागीबाट घरमा रहेका अन्न तथा सबै लत्ता कपडा जलेर नष्ट भएका छन्।

राति साढे दश बजेतिर घरभित्र चार्जमा राखिएको मोबाइल पड्केर विद्युत् सर्ट भएपछि आगालागी भएको डिल्लीचौर प्रहरी चौकीले पुष्टि गर्‍यो। आगलागीबाट घरमा रहेका अन्न तथा सबै लत्ता कपडा जलेर नष्ट भएका छन्।

आगलागीबाट घरमा करिब ५ लाख ७१ हजार ९ सय रुपैयाँ बराबर क्षति भएको प्रहरी मुचुल्कामा उल्लेख गरीएको छ। मानवीय क्षति भएको छैन। आगलागीका कारण घरमा पालिएका १६ कुखुरा र २ वटा खरायो जलेर मरेका छन्। राति सबै गाउँले सुति सकेको अवस्थामा आगलागी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको स्थानीयको भनाइ छ।

घर आगलागीबाट ठूलो क्षति व्यहोरेका अम्मर बुढाको ५ सदस्यीय परिवार विस्थापित भएको छ। अहिले उनीहरु आफन्तको आश्रय लिइरहेका छन्। घरमा राखिएका खाने र लगाउने सामग्री नस्ट भएपछि बुढा परिवारले सहयोगको लाग िआग्रह गरिरहेको स्थानीय निराजन नेपालले जानकारी दिए।  
 

प्रकाशित: २४ श्रावण २०७३ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App