७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्यमा उल्लेख्य सुधार: डा. उपेन्द्र देवकोटा

 लन्डन-  लन्डनको किङ्ग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार्थ भर्ना भएका पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। नेपालमा नियमित चेकअपका बेला जन्डिस देखिएपछि अकस्मात अस्पताल भर्ना भएका डा. देवकोटाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको बताए। देवकोटाले मंगलवार अपस्पतालको शैयाबाट नागरिकन्युजसंग संक्षिप्त कुरा गर्दै स्वास्थ्यमा पहिलाभन्दा निकै सुधार भएको बताए। किङ्ग्स कलेज अस्पतालको अन्तर्राष्ट्रिय तथा प्राइभेट शैयामा रहेका देवकोटाले आफ्ना शुभचिन्तकको शुभेच्छा र सद्भावले आफ्नो स्वास्थ्यलाई धेरै सहयोग पुगेको बताए।

करिव ३ साताअघि श्रीमति मधु देवकोटासँग लन्डन आइपुगेका उनको स्वास्थ्य स्थितिबारे सामाजिक सञ्जालमा आएका खबरप्रति परिवारले असन्तुष्टि जनाएको छ। श्रीमति देवकोटाले उनलाई क्यान्सर नभएको प्रष्ट पार्दै भनिन् 'सुरुमा सामान्य रुपमा जन्डिस देखापर्‍यो। नेपालमा जचाउँदा अलि फरक लाग्यो । श्रीमति देवकोटाले भनिन, ‘छोरी बेलायतमा अध्ययन गर्ने भएकाले उनको सामिप्यमा रहेर उपचार गराउने उद्देश्यले लन्डन आएका हौं ।’ छोरी मेधा देवकोटा सोही कलेजमा अध्ययनरत छन्।

श्रीमति देवकोटा भनिन् ‘उहाँलाई क्यान्सर भएको होइन, पित्त थैलीमा समस्या देखिएको हो । चेकजाँच गर्दा इन्फेक्सन भएको रहेछ। विस्तृत रिर्पोट नआउँदै अरुले क्यान्सर भएको प्रचार गरे, आश्चर्य लाग्यो ।’ उनले शुभचिन्तकलाई केही समय धैर्य गर्नसमते आग्रह गरिन् । उनले आगामी सातासम्ममा डा. देवकोटाको डिस्चार्ज हुन सक्ने बताइन् । उनले भनिन्, ‘क्रिश्मस घरमै मनाउने योजना थियो, त्यो सम्भव भएन । आशा गरौं नयाँ वर्ष घरमै बसेर मनाउँछौं।’

देवकोटालाई भेट्न अमेरिकामा रहेका दुई छोरीसमेत लन्डन आएका छन् । थप इन्फेक्सन नहोस् भनेर सर्वधारणलाई देवकोटासँग भेट्न भने अस्पतालले दिएको छैन।

डा. देवकोटालाई क्यान्सर भएको भन्दै आइतबार उनको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिमा द्वीप प्रज्वलनसमेत गरिएकोप्रति देवकोटा परिवारले असन्तुष्टि जनाएका छन्। यसअघि डा. देवकोटाको स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्दै देवकोटा परिवारलाई फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिएकी थिइन्।

प्रकाशित: १२ पुस २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App