७ वैशाख २०८१ शुक्रबार
राजनीति

बालकोटमा ओली-दाहाल 'वान अन वान' वार्ता

अध्यक्ष ओली र दाहालबीच बालकोटमा भेट भएको छ। तस्बिर: दाहालको सचिवालय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा 'वान अन वान' वार्ता भएको छ।

वुधबार दिउँसो दाहाल ओली निवास बालकोट पुगेका थिए। उनीहरुबीच सरकार गठन, राष्ट्रिय सभा अध्यादेश र पार्टी एकताबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

पार्टी एकता संयोजन समितिको बैठक भोली बस्ने र एकताको लागि छलफल अघि बढाउनेमा दुवै नेताले छलफल गरेका छन्।  दाहाल र ओली राजनीतिक वातावरण सहज बनाएर एकता प्रक्रियमालाई अघि बढाउने बुझाई रहेको छ। नयाँ सरकार गठनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्नुपर्नेमा दुबै नेताको समान धारणा छ। भेटमा निर्वाचन आयोगबाट प्रतिनिधि सभा तर्फको समानुपातिक परिणाम सार्वजनिक गर्नुपर्नेबारे पनि छलफल भएको थियो। निर्वाचन अायाेगले नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेबारे पनि नेताहरु बीच कुराकानी भएकाे दाहालका प्रेस स‌ंयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए।

शुक्रबार चितवनतर्फ लागेका दाहाल मंगलबार अपराह्न राजधानी फर्किएका थिए। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादीले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए। तर निर्वाचन पछि भने उनीहरुबीच एकताको विषयमा तिब्र छलफल चल्न नसकेको अवस्थामा दुई पार्टीका अध्यक्षबीचमा छलफल भएको हो।

 

प्रकाशित: १२ पुस २०७४ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App