७ वैशाख २०८१ शुक्रबार
खेल

बेसीसहरमा २६ औं त्रिवेणी कप सुरु

त्रिवेणीकप फुटवल प्रतियोगिता उद्घाटनका अवसरमा भेट्रान खेलाडीहरु मैत्रीपूर्ण खेल खेल्दै । तस्विर:किसान संगीत नेपाली

लमजुङ– सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लवले आयोजना गर्दै आएको त्रिवेणी कपको २६ औं संस्करण बुधवारदेखि बेसीशहरमा सुरु भएको छ ।  

बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्लाकै सर्वाधिक राशीको त्रिवेणीकप खुल्ला फुटवल प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख अर्यालले खेलकुदलको विकासका लागि स्थानीयतह देखि प्रदेश र संघीयस्तरमा नै नयाँ र फरक ढंगले ठोस कार्यक्रम तथा योजना निर्माण गर्नुपर्ने बताए । 

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति भेषबहादुर पौडेलले जिल्लामा खेलकुदको विकास गर्ने गराउन आफ्नो पार्टीले पहल गर्ने बताए । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य खेमजङ्ग गुरुङले खेल क्षेत्रमा विगतको तुलनामा उल्लेख्य प्रगति भएको बताउँदै यसलाई स्तरीयता दिने क्रममा आफ्नो सकरात्मक सहयोग रहने बताए । त्यस्तै, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले खेलका माध्यमले बेसीसहरको व्यापार व्यवसायमा समेत टेवा पुगको बताउँदै उद्योगी, व्यापारी, व्यवसायी र खेलकुद क्षेत्रका विच उचित खालको समन्वय गर्दै जाने बताए । अखिल नेपाल फुटवल एशोसियसन लमजुङका अध्यक्ष विश्व पौडेलले पनि फुटवल सँगसँगै सबै खालका खेलकुद क्षेत्रको अवस्थामा सोचेजस्तो राम्रो हुन नसकेको धारणा व्यक्त गरे । 

प्रतियोगितामा यसवर्ष राष्ट्रियस्तरका २३ टिमका विच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष छविन्द्रजङ्ग गुरुङले बताए । उद्घाटन सँगै भेट्रान त्रिवेणी युवाक्लव र भेट्रान लमजुङ मस्र्याङ्दी युवाक्लव बेसीशहर विच मैत्रीपूर्ण खेल भएकोमा त्रिवेणीले  १ का विरुद्ध ३ गोल गरेको छ । बिहीवारदेखि सुरु हुने प्रतिस्पर्धाको पहिलो खेल शेरा ८ बेसीसहर र सुन्दरबजार युवाक्लव रातो विच हुने तय भएको छ । दोस्रो खेल अन्नपूर्ण युवाक्लव नाल्मा र नवकालिका युथक्लव उदीपुर विच र तेस्रो खेल लमजुङ मस्र्याङ्दी युवाक्लव बेसीसहर र एमसिटी युथक्लव बेसीसहर विचमा हुने आयोजक क्लबले जनाएको छ ।

विगतमा पहिलो पुरस्कार १ लाख ५० हजार रुपैयाँ भएकोमा रजत जयन्ती सँगै गतवर्षदेखि उक्त राशीमा दोब्बर वृद्धि गर्दै ३ लाख रुपैयाँ पुर्याइएकाे छ । प्रतियोगितामा विजयी समुहलाई नगद ३ लाख रुपैयाँ सहित त्रिवेणीकप, स्वर्ण पदक र प्रमाणपत्र दिईनेछ भने उपविजेतालाई १ लाख ५० हजार सहित रजत पदक र प्रमाणपत्र, सेमिफाईनलका उपविजेता दुई समुहलाई ५०÷५० हजार दिईनेछ । त्यस्तै, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही १५ हजार र अनुशासित टिमलाई १० हजार सहित स्वर्णपदक र प्रमाणपत्र उपलब्ध गराईने क्लबले जनाएको छ ।

त्रिवेणीकप फुटवल प्रतियोगिता उद्घाटनका अवसरमा भेट्रान खेलाडीहरु मैत्रीपूर्ण खेल खेल्दै । तस्विर:किसान संगीत नेपाली
त्रिवेणीकप फुटवल प्रतियोगिता उद्घाटनका अवसरमा भेट्रान खेलाडीहरु मैत्रीपूर्ण खेल खेल्दै । तस्विर:किसान संगीत नेपाली
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App