८ वैशाख २०८१ शनिबार
खेल

सुनसरी फाइनलमा

फाल्गुनन्द गोल्डकप अन्तर्गत विहिवारभएको खेलमा प्रतिस्पर्धा गर्दै रूपन्देही ११ (पहेंलो) र सुनसरी ११ का खेलाडी ।

पाँचथर–फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलअन्तर्गत रूपन्देही ११ लाई ३–१ को नतिजामा पराजित गर्दै सुनसरी–११ बिहीबार भएको खेलबाट फाइनलमा प्रवेश गरेको छ। 

निकै प्रतिस्पर्धात्मक खेलको १४औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै  आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । निशान लिम्बुको पासमा बस्नेतले गोल गरेका थिए । पहिलो हाफमा सुनसरीले १ गोलको अग्रता लिएको थियो।

 ७३औँ मिनेटमा सुनसरीका सुजन याख्याले गोल गर्दै अग्रता फराकिलो बनाए । हेमन्त थापामगरको पासमा याख्याले गोल गरेका थिए । दुई गोल खाएर निकै दबाबमा परेको रूपन्देहीले पटकपटक गोल गर्ने प्रयास गरेको थियो । निक्कै कडा प्रतिस्पर्धाका बीच गोल गर्न भने रूपन्देही चुकेको हो । हेमन्त थापाले सुनसरीका लागि तेस्रो गोल गरेका थिए । तीर्थ बस्नेतको क्रसलाई डी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको इन्जुरी समयमा रूपन्देहीका छिरिङ गुरुङले गोल गरे पनि यो जितका लागि पर्याप्त थिएन । राज पौडेलको पासलाई उनले गोल गरेका थिए । प्रतियोगितामा सुनसरीले खाएको यो पहिलो गोल हो।

रूपन्देहीका कप्तान विष्णु सुनुवार म्यान अफ दी म्याच घोषित भए । सुनुवारले दश हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए । आफूहरु रणनीतिमा सफल भएको सुनसरीका प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए । डिफेन्सिप खेलेर काउन्टर गर्ने रणनीति सुरुदेखि नै लागू गरिएको उनको भनाइ रहको छ । शुक्रबारको अन्तिम सेमिफाइनल खेलमा साबिक विजेता बिर्ता युनाइटेडले मोरङ–११ को सामना गर्नेछ। 
 

 

प्रकाशित: १४ पुस २०७४ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App