coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

होन्डा बिअार–भी : अाकर्षक डिजाइन र अारामदायी

काठमाडौं– होन्डा कम्पनीको बहुप्रतिक्षीत बिआर–भी एसयुभी गाडी नेपाली बजारमा भित्रने  भएको छ। होन्डाको आधिकारक बिक्रेता स्याकर ट्रेडिङ कम्पनी लिमिटेड (एसटिसी) ले  यो स्पोर्ट युटिलिटी भेइकललाई  नेपाली बजारमा  भित्र्याउन लागेको हो।

एसटिसीले भित्र्याउन लागेको उक्त कारको मूल्य ४० लाख पर्ने कम्पनीले जनाएको छ।

सुरक्षित तथा आरामदायी यात्रा गर्न चहाने यात्रुका बिआर–भी आर्कषक रोजाइ बन्न सक्छ। यस गाडीमा १४९७ सिसीको पेट्रोल इन्जिन जडान छ। यसले प्रतिलिटर १५.४ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।

सुरक्षित तथा आरामदायी यात्रा गर्न चहाने यात्रुका लागि बिआर–भी आर्कषक रोजाइ बन्न सक्नेछ। यो गाडीमा १४९७ सिसीको पेट्रोल इन्जिन जडान छ। यसले प्रतिलिटर १५.४ किलोमिटर माइलेज दिनेछ। यसको ग्राउन्ड क्ल्यिरेन्स २१० मिलिलिटर रहेको छ। यसमा सिक्स म्यान्युयल ट्रास्मिसन रहनुका साथै एक वेैकल्पिक म्यान्युयल ट्रास्मिसन पनि छ। यो गाडीमा ४२ लिटर क्षमताको पेट्रेल ट्याङ्की रहेको छ।

गाडीमा भएको ऐस बडी स्ट्रक्चरका कारण गाडी आर्कषक ताथ सुरक्षित रहने कम्पिनीले जनाएको छ। मल्टि फङ्सनल रहेको  नयाँ सभ स्ट्यान्स कारमा सुरक्षालाई ध्यानमा राखेर एन्टि लक ब्रेकिङ स्टिम एबिएस, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन इबिडि र लोड लिमिटर सिहत प्रि–टेन्सोनायर सिट बेल्टको व्यवस्था गरिएको छ।

सात सिट क्षमता भएको यस सभ गाडीमा  पुस स्ट्राट, प्याडलसिफ्ट, एड्भान्स टु डिन इन्ट्रिग्रेटेड अडियो स्टिम, ब्लुटुथ कनेक्टिभिटि, ह्यान्ड् फ्रि टेलिफोन, स्ट्रेरिङ माउन्टेड अडियो कन्ट्रोल डिजिटल एसि कन्ट्रोल  एसि भेन्टस् अटो डोर लक वाइ स्पिड तथा ड्राइभर एयस ब्याग जस्तो आकर्षक सुविधाहरुको ब्यवस्था गरिएको एसटिसीका डिभिजन म्यानेजर सुजन ढुंगानाले जनाए।

एबिएस र इबिडि स्टिम भएको उक्त गाडीमा ड्यिुल सम्लिमेन्ट रेस्ट्रेन्ट स्सिटम एसआरएस एयर ब्यागका साथै सेक्युरीटि अर्लामको समेत सुबिधा  रहेका छन्। उक्त गाडी  इएमटि, एसएमटि , भिएमटि, भिएक्सएमटि, भिसिभिटि गरी विभिन्न पाँच डिजाइनमा नेपालमा उललब्ध हुनेछन्।

 

 

 
 
 
 

 

 

प्रकाशित: २४ श्रावण २०७३ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App