६ वैशाख २०८१ बिहीबार
समाज

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो

काठमाडौं- गोरखाबाट काठमाडौका लागि  उडेको फिस्टेल एअरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव पोप्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। हेलिकप्टर मार्फत उनीहरुको शव काठमाडौं ल्याइएको थियो।  हेलिकप्टर नुवाकोटको बेलकोट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाको थियो।  

दुर्घटनामा मृत्यु भएकी लक्ष्मी गुरुङका आफ्न्त भावविह्वल अवस्थामा। तस्बिर: केशव

सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएको  हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको हो।

मृत्यु हुनेहरुमा हुनेहरुमा हेलिकप्टरका चालक क्याप्टेन रञ्जन लिम्बु, गोरखा सिर्दिबास–२ बस्ने ६० वर्षीय कितमान गुरुङ, उनकै श्रीमती ५६ वर्षीया आसामी गुरुङ, १९ वर्षीया प्रीति गुरुङ, उनकै ५ दिनको नवजात शिशु, गोरखा खोर्लाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङ र गोरखा सिर्दिबास–२ स्थित फ्रेज नेपाल संस्थामा काम गर्ने इटहरी घर हुने २२ वर्षीया निशा तामाङ रहेकाे प्रहरी जानकारी दिएका छन्।

प्रकाशित: २४ श्रावण २०७३ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App