१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

आइफोन स्लो गरेपछि एप्पलले माग्यो माफी

न्यूयोर्क- पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनीले माफी मागेको छ।

लिथियम आयनबाट बनेको ब्याट्रीवाला आइफोनमा केही समस्या भएका कारण यसो गरिएको एप्पलले प्रष्ट्याको छ।

उक्त व्याट्री फेर्न एप्पल तयार रहेको र २०१८ मा ब्याट्री लाइफ हेर्न सक्ने सफ्टवेयर बनाउन लागेको बताएको समेत बताएको छ।

आइफोन प्रयोगकर्ताहरुले कम्पनीले नयाँ फोनको बिक्री बढाउन पुरानो फोनलाई स्लो गरेको आरोप लगाएका छन्।

यो घटनापछि एप्पलको आलोचना भएको छ। कम्पनीले वारेन्टी नाघेका ब्याट्री फेर्नको लागि ७९ डलरबाट घटाएर २९ डलर बनाएको छ। यो छुट आईफोन- ६ र त्यसपछि आएका फोनमा लागु हुने जनाइएको छ।

पुरानो व्याट्रीले १ सय प्रतिशत पावर सप्लाई गर्न नसकेको एप्पलले बताएको छ।

 

 

 

 

प्रकाशित: १५ पुस २०७४ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App