८ वैशाख २०८१ शनिबार
कला

दुई स्रष्टा चितवनमा पुरस्कृत

चितवन—कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई चितवन साहित्य परिषदले पुरस्कृत गरेको छ। संस्थाले लेखनाथ जयन्तीका अबसरमा शनिबार कृष्ण कृष्णा साहित्य पुरस्कार प्रदान गरेको हो। 

कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३४ औं जन्मजयन्तीका अवसरमा थापाको ’सहयात्री शब्दहरू’ कविता संग्रह र ढुङ्गानाको कथा संग्रह  ‘बतासा’सालई पुरष्कृत गरेको परिषदका अध्यक्ष शुरेन्द्र अस्तफलले जानकारी दिएका छन्। 

नारायणगढमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्रेमविनोद नन्दनले थापा र ढुँगानालाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत कवि थापाको व्यक्तित्व र कृतित्वबारे गणेश श्रमण र कथाकार ढुङ्गानाबारे धनराज गिरीले बोलेका थिए। 

प्रकाशित: १६ पुस २०७४ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App