८ वैशाख २०८१ शनिबार
विचार

वातावरणीय वितण्डाविरुद्ध

कुनै बेला काठमाडौं उपत्यकाको वातावरणीय चासोमा यस क्षेत्रका संघसंस्था एकजुट भएर वायुप्रदूषणविरुद्ध सडकमा ओर्लिन्थे । सरोकारवाला सरकारी निकाय र संयन्त्रमाथि उनीहरू निर्धक्क औंला ठड्याउँथे । वातावरण मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्मलाई ज्ञापनपत्र बुझाउँथे । सडकमा विरोध ¥यालीसम्म हुन्थ्यो । पछिल्लो दशकमा ह्रासोन्मुख सहरी वातावरणविरुद्ध सडकमा निस्किने परिपाटी लगभग शून्य छ । यो विकराल समस्या समाधानका लागि सरकारी संयन्त्रलाई दबाब दिन सकिएको छैन । चर्को नागरिक दबाबबिना काम नगर्ने सरकारी संयन्त्र र निकाय अन्य मुद्दामा जस्तै यसमा पनि अकर्मण्य छन् । विशेषगरी वातावरण मन्त्रालय र विभागले ‘वायु प्रदूषण’ लाई कहिल्यै प्राथमिकतामा राखेका छैनन् । यसको कार्यसम्पादनलाई मन्त्रिपरिषद्ले पनि चासो दिएन । वातावरण मन्त्रालय सधैं कमजोर दलको जिम्मा लगाइँदै आएको छ । मन्त्रालयको नेतृत्वले प्रभावकारी र दीर्घकालीन काम गर्न सकेको छैन ।

सर्वसाधारणको जीवन र स्वास्थ्यमा खेलबाड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु गर्नसमेत ढिला भइसकेको छ । पछिल्ला दिनमा नागरिक समाजका केही अगुवा प्रदूषणविरुद्घ ब्यानर बोकेर उभिन थालेका छन् । यस्ता पहल र अग्रसरतालाई अझै व्यापकता दिन जरुरी छ । आमनागरिकले टोलटोलबाट प्रदूषणविरुद्घ निस्किएर आफ्नो र आफ्ना सन्ततिको भविष्य सुरक्षित गर्न ढिलो भइसकेको छ ।

नेपालमा मात्र नभई विश्वमै वायु प्रदूषण एक्काइसौं शताब्दीको गम्भीर चुनौती बनेको छ । यसले प्रत्यक्ष÷परोक्ष रूपमा बर्सेनि लाखौं सर्वसाधारणको ज्यान लिइरहेको छ । सन् २०१५ को एक तथ्यांकअनुसार बर्सेनि ४२ लाख मानिसको ज्यान वायु प्रदूषण एक्लैले लिने गरेको छ । नेपालमा पनि बर्सेनि करिब १० हजार जनाको ज्यान वायु प्रदूषणबाट जाने गरेको छ । पछिल्ला वर्षमा राजधानी काठमाडौं र प्रमुख ठूला सहरको हावाको गुणस्तर तोकिएको मापदण्डभन्दा ज्यादै खराब छ । विकसित र विकासशील मुलुकहरूले यसस“ग जुध्न प्रभावकारी योजना बनाइरहेका छन् । हामीकहाँ बारम्बार नया“ योजना बनाएर थन्क्याउने गरिएको छ । सधैं वातावरण, उद्योग भौतिक निर्माण र अर्थ मन्त्रालयबीच वातावरण मुद्दा समाधान गर्ने सवालमा द्वन्द्व भइरहन्छ । यसो गर्दा काम टार्न सजिलो भएको छ । काठमाडौं उपत्यकाको धुलोले यहा“का सर्वसाधारणको दैनिकीमा सास्ती थपेको छ । यहाँका नागरिकले आफ्नो मुहार  मास्कमा लुकाएर हिँड्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । राजधानीको यो स्थितिले पर्यटकीय क्षेत्र नगरकोट, बनेपा र पा“चखाललाई समेत प्रदूषित पारेको छ ।
कुनै बेला राजधानीको दक्षिणस्थित चोभारमा हिमाल सिमेन्ट कारखाना थियो । उपत्यकामा पश्चिम र दक्षिणबाट धेरै हावा चल्ने गरे पनि कारखाना त्यतै राखिएको थियो । चोभारका बस्ती र गाउँ पूरै प्रदूषित थिए । स्थानीय किसानले बारीमा रोपेको आफ्नो फसलसमेत उपयोग गर्न पाउँदैनथे । सिमेन्ट कारखानाको धुलोले त्यस भेगका सर्वसाधारणलाई श्वासप्रश्वाससम्बन्धी रोग लागेको थियो । बारीभरि सिमेन्टमा प्रयोग गरिने धुलोका कणहरू छरपस्ट देखिन्थे । अति भएपछि स्थानीय संघसंस्थाको पहलमा नागरिक आन्दोलन सुरु भयो र त्यसलाई बन्द गर्न सरकार बाध्य भयो । यो मात्र होइन, उपत्यकामा डिजेलबाट चल्ने गरेका तीनपांग्रे विक्रम टेम्पो प्रदूषणका प्रमुख कारक बने । सरकार वातावरणमैत्री इँट्टाभट्टा प्रविधि प्रवद्र्घन नगर्न बाध्य भयो । प्रदूषण केही हदसम्म भए पनि नियन्त्रण भयो ।
पछिल्लो समय भद्रगोल र सुस्त विकास निर्माण र सवारीसाधन प्रदूषणका प्रमुख कारणमा दरिएका छन् । त्यसमाथि नाका नाकामा उद्योग खोलिएका छन् । राजधानी प्रवेश मार्गमा क्रसर उद्योगहरू गिट्टी कुटिरहेका छन् । राजधानी छिर्ने प्रमुख नाका विस्तारकार्य विविध कारणले दुई वर्षदेखि रोकिएको छ । चक्रपथ विस्तारमा त्यत्तिकै ढिलासुस्ती छ । मेलम्चीको पानीको सपना देखेका सर्वसाधारण त्यसका पाइपहरू विस्तार गर्ने नाममा खनिएका खाल्डा र त्यसबाट निस्किरहेको धुलो खान विवश छन् । वातावरणमैत्री विकासमा न त सरोकारवाला निकायको ध्यान छ न त निर्माण कम्पनीहरूको ।
काठमाडौं उपत्यकाको कछुवा गतिको विकास निर्माण र भारवहन क्षमताभन्दा बढी संख्यामा गुडिरहेका थोत्रा सवारीसाधनको प्रदूषणको सिकार गाउँका सोझासाझा सर्वसाधारण भएका छन् । राजधानी काठमाडौंमै पनि गाडी चढेर हिँड्न नसक्ने सर्वसाधारण धुवाँधुलोको मारमा सबैभन्दा बढी परेका छन् । कचौरा आकारको राजधानी उपत्यकालाई प्रदूषित तुल्याएका कारण यसमाथिको आकाशमा प्रदूषित खैरो पत्र जमेर बसेको छ । त्यसले यहाँको सुन्दर दृश्यमात्र बिगारेको छैन, घमाइलो र रमाइलोपनलाई समेत विषाक्त तुल्याएको छ । प्रकृतिले दिएको यस्तो सुन्दर बस्ती बिगार्ने यहाँका प्रशासक, राजनीतिक नेता र सरोकारवालाहरू यसका मुख्य दोषी हुन् । यो ‘वातावरणीय अपराध’ हो । यसविरुद्ध जाग्न ढिला भइसकेको छ । सर्वसाधारणको जीवन र स्वास्थ्यमाथि खेलबाड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु गर्नसमेत ढिला भइसकेको छ । पछिल्ला दिनमा नागरिक समाजका केही अगुवा प्रदूषणविरुद्घ ब्यानर बोकेर उभिन थालेका छन् । यस्ता पहल र अग्रसरतालाई अझै व्यापकता दिन जरुरी छ । आमनागरिकले टोलटोलबाट प्रदूषणविरुद्घ निस्किएर आफ्नो र आफ्ना सन्ततिको भविष्य सुरक्षित गर्न ढिलो भइसकेको छ ।

प्रकाशित: १७ पुस २०७४ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App