८ वैशाख २०८१ शनिबार
समाज

करोडौं लागतमा निर्माण भएको सडक अनुगमन फितलो

रास्कोटको सिप्खाना बुडिसैनमा स्थानीय सडकमा काम गर्दै। तस्बिर: पवित्रकुमार शाही

कालिकोट- जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडकको अनुगमनमा लापरवाही भएको छ। सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयवासीले गुनासो गरेका हुन्।

रास्कोट नगरपालिकामा ग्रामिण पहुँच कार्यक्रम (र्‍याप ३) ले निर्माण गरेको सडकखण्ड रातारात अनुगमन गरिएको हो । शान्तिघाट, स्यूना–सिपखाना सडकखण्डको अनुगमन फितलो भएको भन्दै स्थानीय आक्रोसित बनेका छन्।

सन् २०११ देखि जिल्लाको रास्कोट नगरपालिकामा ग्रामिण पहुँच कार्यक्रममार्फत सडक निर्माण गरिदैँ आएको छ। ग्रामिण पहुँच कार्यक्रमले ३२ करोड ८१ लाख लागतमा सडक निर्माण गरेको थियो । त्यसमध्येको ३० करोड १२ लाख ८० हजार मजदुरलाई ज्याला भुक्तानी गरेर खर्च भईसकेको छ। ग्रामिण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनीलबाबु श्रेष्ठले बताए। ‘३० करोड १२ लाख ८० हजार मजदुरले पाएका छन्।’ उनले भने,‘सडकमा जम्मा ७२ वटा सडक निर्माण समूहले काम गरिरहेका छन्।’

सडक प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले राम्रोसँग निर्माण कार्य सम्पन्न गरेर मात्रै सडक ग्रामिण पहुँच कार्यक्रमले नगरपालिकालाई हस्तारण गर्न माग गरेका छन्। ग्रामिण पहुँच कार्यक्रमले सडक प्रभावित क्षेत्रका स्थानीयबासीको माग पुरा नगरी जिल्ला संवन्वय समिति पदाधिकारी, नगरपालिका पदाधिकारीहरुलाई रातारात अनुगमन गरेर सडक हस्तारण गर्न खोजेको स्थानीय जयमल शाहीले बताए। ‘सडक निर्माण गर्दा हाम्रा भौतिक संरचनाहरु भत्किएका छन् । जग्गा र भत्किएका संरचनाको मुआब्जा पाएका छैनौं।’ उनले भने,‘जिल्लाका मान्छेहरु ल्याएर रातारात सडक नगरपालिका हस्तारण गर्न खोजियो। यो हामीलाई मान्य छैन्।’

ग्रामिण पहुँच कार्यक्रमले सडक निर्माणमा मजदुरहरुले आयआर्जन गर्न खोजेको भएपनि केही बिचौलियाका कारणले बदनियत गर्नका लागि सडक निर्माण कार्यमा निर्माणस्थल वरपरका भौतिक संरचना भत्किएर त्यसको निर्माण नगरि नै आयोजना हस्तारण गर्न थालिएको स्थानीय लालबावु सिंम्खडाले बताए। ‘ग्रामिण पहुँच कार्यक्रमको लक्ष्य राम्रै थियो।’ उनले भने,‘त्यस कार्यक्रमका बिचौलिया लागे। रोजगारीमा नै बाधा गर्ने भए।’ ग्रामिण पहुँच कार्यक्रमले जिल्लाका जारकोट–राम्नाकोट सडकखण्डमा पनि सडक निर्माण काम गरिरहेको छ । जारकोट राम्नाकोट सडकखण्डको निर्माणले तिब्रता दिइएको छ । शान्तिघाटदेखि सिपखाना सडकखण्डको सबै निर्माण कार्य पुरा भएको छ।

नेपाल सरकार र बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभागको सहयोगमा ग्रामीण पहुँचकार्यक्रम तेस्रो चरण संचालन भएको हो। तत्कालीन जिल्ला विकाससंग समन्वय गरेर संचालित ग्रामीण पहुँचकार्यक्रम तेस्रो चरण रास्कोट र राम्नाकोटमा लागु भएको हो। नेपालका सडक संजालबाट बन्चित भएका मध्य र सुदुर पश्चिमका विभिन्न जिल्लाहरुमा श्रममा आधारित, वातावरण मैत्री, सभागितात्मक पद्दतीद्धारा संचालन गरिएको ग्रामिण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनीलबाबु श्रेष्ठले बताए । कुनै पनि बिष्फोटक पदार्थत र उपकरणहरुको प्रयोग विनानै अधिकतम स्थानियश्रोत, साधन, र जनशत्तीको प्रयोग गर्दै सडक निर्माण कार्य गरिएको श्रेष्ठले बताए । स्थानीय स्तरमा प्रयाप्त मात्रामा रोजगारीको सृजनागर्दै विपन्न तथा पछाडि पारिएका वर्ग तथा समुदायहरुको जीवनस्तरमा महत्वपूर्ण परिवर्तन ल्याउने उद्देश्यले आयोजना लागु भएको श्रेष्ठले सुनाए । रास्कोटमा यो अन्तिम पटकको अनुगमन भएको बताइएको छ । स्थानीयवासीले फेरी पनि अनुगमन गर्न जरुरी भएको बताएका छन् । सडक निर्माण गर्दा सडक प्रभावित क्षेत्रको समेत अध्ययन र अनुगमन गरिनु पर्ने स्थानीय दुर्गराज शाहीले बताए।

 

 

 

 

प्रकाशित: १७ पुस २०७४ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App