८ वैशाख २०८१ शनिबार
कला

भर्याङ नाट्या मञ्चमा नयाँ टिम

काठमाडौं– रंगमञ्चका क्षेत्रमा क्रियासिल भर्याङ नाट्या मञ्चमा नयाँ टिम  नाट्या मञ्च नेपाल पुर्नगठन गरिएको छ । रंगमञ्च सहित सामाजिक र साँस्कृतिक क्षेत्रमा काम गर्ने उद्धेश्य बोकेर वर्ष दिनअघि मात्र काठ्माण्डौं, ललितपुर र काभ्रेमा गठन गरिएको नाट्या मञ्चलाई एउटै बनाएर भर्याङ नाट्या मञ्चमा नयाँ टिम  नाट्या मञ्च पुर्नगठन गरिएको हो । शनिबार काठ्माडौं राष्ट्रिय नाच घरमा बरिष्ठ नाट्याकर्मी विरेन्द्र हमालको उपस्थितिमा भर्याङ नाट्या मञ्चमा नयाँ टिम  नाट्या मञ्च नेपाल पुर्नगठन गरिएको छ । 

खोटाङका कवि राईको अध्यक्षतामा २५ सदस्यीय भर्याङ नाट्या मञ्चको पुर्नगठन गरिएको हो । पुर्नगठित नाट्यामञ्चको उपाध्यक्षमा खोटाङकी अंकिता राई, सचिवमा ललितपुरका आरबी शर्मा, सह–सचिवमा गुल्मीका प्रेमसागर खत्री र कोषाध्यक्षमा खोटाङकी निता राई चयन भएकी छन् । सदस्यमा खोटाङका सञ्जीव राई, शिव थुलुङ, रुपेश चाम्लिङ, रोशन श्रेष्ठ, सुजन श्रेष्ठ, यसकुमार राई, नबिन्द्र राई, जेकप राई, ललितपुरका रेनिशा दाहाल, अस्मिता लामा, सजना स्याङ्बो, रुपक घिमिरे, सुरज थोकर, अमृत बराम, मिलन तामाङ, निशान तामाङ, धनकुटाका उपेन्द्र लिम्बू, दाङका समीप आचार्य, काभ्रेका श्रीराम चौंलागाई र उदयपुरका उपेन्द्र राई छानिएका छन् । जिल्लामा बनेका नाट्या मञ्चका पदाधिकारी रोजगारी, अध्ययन, पारिवारिक समस्याले समय दिन नसकेका कारण एउटै मञ्च बनाइएको अध्यक्ष राईले बताए । 

नाट्या मञ्चले केही समयअघि राष्ट्रिय नाच घर र निर्वाचन आयोगसँगको सहकार्यमा खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बूमा मतदाता शिक्षा सम्बन्धी सचेतनामूलक सडक नाटक देखाएर दर्शको मत जितेको थियो । यस बाहेक खोटाङको खार्पाकी मिर्गौला रोगी बीना श्रेष्ठको उपचारार्थ सहयोग जुटाउन गत फागुनमा काठ्माडौंमा सांगीतिक कार्यक्रम गरेको नाट्यमञ्चले थिएटरमा समेत प्रस्तुति देखाउँदै आएको छ । 

 

 

प्रकाशित: १८ पुस २०७४ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App