७ वैशाख २०८१ शुक्रबार
कला

प्रधानमन्त्रीलाई  टोपी

काठमाडौं– पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस धुमधामसँग मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई टोपी दिवसको रूपमा मनाइन थालेको हो । शताब्दीऔंदेखि प्रयोगमा रहेको टोपीलाई अझ व्यापक र विश्वव्यापी बनाउने उद्देश्यसहित सन् २०१४ बाट नेपाली टोपी दिवसको सुरुवात गरिएको हो । अभियन्ताहरूले टोपीको प्रयोगलाई व्यापक बनाउन नेपाली टोपी प्रतिष्ठान गठन गरी काम गरिरहेका छन् ।

पाँचौं टोपी दिवस मनाउने क्रममा नेपाली टोपी प्रतिष्ठानका तदर्थ समितिका सदस्यहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी र मायाको चिनो प्रदान गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री देउवाले प्रतिष्ठानका सदस्यलाई टोपी लगाइदिँदै नेपाली संस्कृतिको जगेर्नाका लागि स्तुत्य प्रयास गरेको भन्दै दिवसका अभियानकर्ता द्वय लेखनाथ काफ्ले र शंकर बन्जाडेलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिष्ठानले टोपी दिवसलाई विश्वव्यापी बनाउन एनआरएनसँग समन्वय गरी विश्वका ७८ देशमा पनि विभिन्न कार्यक्रम गरी टोपी दिवस मनाएको जानकारी गराएको छ । अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलनलाई ओझलमा पार्न नेपाली टोपी दिवसको अवधारणा ल्याएको सचिव प्रकाश अधिकारीले जानकारी गराएका छन् ।

 

प्रकाशित: १८ पुस २०७४ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App