८ वैशाख २०८१ शनिबार
अन्य

इलाको कलेज लाइफ

आमाको कडा अनुशासनको नियमले इला शर्मालाई कलेज जीवनमा पनि छोडेन । पढाइमा तेज उनी पढाइ बाहेकका क्रियाकलापमा कमै सहभागी भइन् । त्यसैले कलेजका दिनहरु कहिलेकाहिँ बोरिङ पनि लागेको उनी सुनाउँछिन् । बोरिङ नहोउन् पनि कसरी ? उनले ब्याच्लर सिध्याइ सक्दासम्म एउटा पनि फिल्म हेर्न पाइनन् । ‘त्यतिबेला सिनेमा टेलिभिजनको प्रभाव थिएन । त्यसमाथि घरमा धेरै नै कडा अनुशासन थियो ।’ पढाइलेखाइलाई निकै महत्व दिने घरमा हुर्किएकी इला सम्झन्छिन्, ‘त्यसैले आठ कक्षादेखि बिएससी पास गरुन्जेल कुनै फिल्म हेर्न पाइनँ । लाइफ अलिअलि बोरिङ नै थियो ।’

उतिबेलाको समाजमा अहिलेजस्तो बाहिर निस्केर रमाइलो गर्न महिलालाई अनुमति दिने चलन नभएको उनी बताउँछिन् । जिन्स लगाएर हिँड्दा मानिसले क्वारक्वार्ती हेर्थे । इला भन्छिन्, ‘मलाई याद छ, त्यो बनारसको ठाउँमा म कपालमा तेल हालेर चिपिक्क पारी बाटेर कलेज जान्थें । पहिरनमा सकेसम्म सारी नै लगाउँथेँ ।’ यसरी हिँड्नुको कारण बाटोमा मानिसले नहेरुन् र पछि नलागुन् भन्ने थियो ।


इलाले स्कूलपछिको पढाइ गल्र्स इन्टरकलेज वाराणसीमा आइएससी पढेकी हुन् । त्यसपछि हरिश्चन्द्र डिग्री कलेजबाट बि. एससी पढेकी हुन् । उनलाई रसायन विज्ञान अत्यन्तै मन पथ्र्याे । त्यहि कलेजबाटै एलएलबी गरिन्, जसमा उनी युनिभर्सिटी प्रथम भएकी थिइन् । उनी भन्छिन् ‘पहिले साइन्स पढेका कारण पछि आर्ट्स विषय पढ्न सजिलो भयो होला ।’

उनी योगासन गर्न, डायरी लेख्न र एथ्लेटिक्स खेल्न खूब मन पराउँथिन् । तर ती सबै स्कूल र घरभित्र मात्र सीमित हुन्थे । आफ्नै घरमा बसेर कलेज पढेको भएर आउने जाने समय निश्चित हुन्थ्यो । बाहिरको कुनै बदमासी पनि घरमा थाहा पाए बबण्डर मच्चिएला भन्नेमा उनी निकै सचेत थिइन् । त्यस्तो अवस्थामा रुमानी प्रेमको मजा लिन पाएनन् । कति मन पराईहरु आँखा जुधाजुधमै सीमित रहे ।‘केटाहरु मन पर्थे तर कहिल्यै डेटिङ गरिएन । मेरो मुमा असाध्यै कडा हुनुहुन्थ्यो ।’  उनी भन्छिन्, ‘प्रेम गरेको थाहा पाए केटालाई मार्न लगाइबक्सिन्छ जस्तो लाग्थ्यो । अनि केटाको ज्यानको मायाले पनि अगाडी बढ्न सकिनँ ।’

कलेजका साथीसंगीसँग गफ गरेको अनि समुह बाँधेर कलेजभित्र यताउता हिँडेको सम्झना अचेल आउने उनी सुनाउँछिन् । बि एससी पढ्दा दिव्या नामकी साथी उनको बेस्ट फ्रेन्ड थिइन् । यी दुई कक्षाका उदाहरणीय विद्यार्थी थिए । ‘हामी दुई पहिलो र दोस्रो हुन्थ्यौं । दुवै जना मिल्स एण्ड बूनका उपन्यास पढ्थ्यौं ।’ उनी सम्झन्छिन् ‘कहिलेकाहिँ त तीन वटा मिल्स एण्ड बून एकै रातमा सिध्याउँथेँ ।’ यसबाहेक कलेज पढ्ने उमेरमा लुगा डिजाइन गर्न र सिउनमा पनि उनको रुचि थियो । कलेजका मेधावी विद्यार्थी अनि आमाको कडा नियम भएका कारण बदमासीका अवसर कम पाइन् इलाले । विज्ञान प्रयोगशालामा डाइसेक्सनको प्राक्टिकल गर्दा सधैं बिगार्थिन् । उनलाई भर्खर बेहोस र्भका परेवा, लोखर्कै, भ्यागुताको चिरफार गर्न मन पर्दैनथ्यो । अनि ल्याबमा पलेँटी कसेर डाइसेक्सन गरेको उनलाई याद आउँछ ।

सुनाउँछिन्, ‘पछिसम्म कलेजका साथी र सरहरुले मलार्ई ‘ल्याबमा पलेँटी कसेर बस्ने केटी’ का रुपमा चिन्दारहेछन् ।’ कलेज लाइफमा उनले बाहिरको भात खाने र भागेर सिनेमा हेर्न कहिल्यै पाइनन् ।
आफूले पढ्दाताकाभन्दा अहिलेका शिक्षा र परीक्षा प्रणालीमा धेरै परिवर्तन भएको उनलाई लाग्छ । उनी भन्छिन्, हामीले धेरै कुरा घोकेर, लेखेर पढ्थ्यौं । अहिलेका केटाकेटी धेरै विशलेषण गरी, बेसिक्स बुझेर पढ्छन् ।’ अहिलेका पुस्तालाई गुगल, इन्टरनेटले पढाइमा धेरै सहयोग गरेको उनले देखेकी छन् ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १८ पुस २०७४ ०७:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App