coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

माघमा सर्यो कामना अवार्ड

काठमाडौं– आगामी पुस २२ गते तय गरिएको ‘कामना फिल्म अवार्ड’ माघ १६ गते हुने भएको छ । सिने मासिक पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको तेस्रो संस्करणको यो अवार्ड प्राविधिक कारणले माघ १६ गते सारिएको आयोजक कामना सिने मासिकले जनाएको छ ।

२०७१ सालबाट सुरु भएको अवार्डको तेस्रो संस्करणमा ३२ विधामा अवार्ड कलाकार तथा प्राविधिकलाई दिइनेछ । अवार्डमा गत वर्षबाट युनिलिभिर नेपालको सौन्दर्य साबुन लक्ससमेतले सहकार्य गरेको छ । ‘सम्मान चलचित्रकोः उत्सव उत्कृष्टता’को भन्ने नारासहित हुन लागेको अवार्डमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक–एक जनालाई जनही १ लाख रुपैयाँ नगदसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ । लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड पनि थपिएको छ । लक्स पपुलर च्वाइस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ ।
एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ प्रतिष्पर्धी छन् । अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यवस्था गरिएको छ ।

 

प्रकाशित: १९ पुस २०७४ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App