७ वैशाख २०८१ शुक्रबार
समाज

अनावश्यक बिदा लिएर अमेरिका तिर डाक्टर

जाजरकोट – स्वास्थ्य समस्याले सधैँ सताइ रहने जाजरकोटमा कार्यरत एक डाक्टर  लामो बिदा स्वीकृत गराएर  अमेरीका गएको पाइएको छ ।  जिल्ला अस्पताल जाजरकोटमा  कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेत गत जेठ महिनादेखि  जिल्ला अस्पताल छोडेर  अमेरीका गएका छन् । 

उनी अमेरिकामा भएपनि उनको जागिर भने जाजरकोट अस्पतालमै छ । जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुसन्धानका क्रममा डाक्टर बस्नेतले  अनावश्यक रुपमा बिदा लिएर अमेरिका पुगेको  भेटिएको हो । गत वर्षको चैत्रसम्म उनको साढे १९ दिन संचित बिरामी बिदा  भएपनि २०७४ वैशाख देखि लामो समय उनी गयल हुँदै आएका छन्।

बीच बीचमा जिल्लामा आएर हाजिरी गर्दै जिल्ला बाहिर जाँदै गरेका उनी  अहिले गत जेठ महिनादेखि अमेरिकामै रहेको बताइएको छ । उनको हाजिरी र  जिल्ला अस्प्ताल प्रशासनका अनुसार वैशाख २५ देखि जेठ चार गते सम्म ११ दिन हाजिर गरेर फर्किएका डाक्टर बस्नेत पुनः कार्तिक ६ गते देखि २१ गते सम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ । अन्य अवधीमा घरबिदा, सट्टा बिदा, काज, बाटो म्याद उल्लेख गरेर हाजिरी भरिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए। 

उनले  घर बिदा लिइसकेपछि फेरि हाजिर भएपछि मात्र अर्को घरबिदाको म्याद लिन पाइन्छ तर डा. बस्नेतले कार्यालय प्रमुख डा. चाँदनी जैसवाल सँगको मिलेमतोमा जथाभावी काज र बाटो म्याद स्वीकृति गराएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। साढे आठ महिनाको अवधिमा डाक्टर बस्नेतको  हाजिरी जम्मा २७ दिन छ,  सहायक प्रजिअ शर्माले भने। 

डाक्टर बस्नेतको हाजिरी र गयल बारेमा उनको हाजिरी रजिष्टर  नियन्त्रणमा लिएर  अनुसन्धान भइरहेको शर्माले बताए । हाजिरी र गयल भएको  अवस्था  कानुन विपरीत भए निजामति सेवा ऐन र नियमावली अनुसार विभागीय कारवाहीको हुन्छ, उनले भने । डाक्टर बस्नेतले गत वर्षको सिञ्चित बिदा १९ दिन र यो वर्षको अहिले सम्मको बिदा २२ मात्र पाए पनि उनको कुनै बिदा  बाँकी नहरेको  अस्प्ताल प्रशासनले जनाएको छ।

अस्पतालका निमित्त प्रमुख डा. कृष्ण शाहले स्थानीय प्रशासनले डा. बस्नेतका विषयमा सोधपुछ गरिरहेको र आवश्यक विवरण उपलब्ध गराउने क्रम जारी रहेको बताए । यस विषयमा तत्कालीन जिल्ला अस्प्ताल प्रमुख डाँ चाँदनी जैसवालले अमेरीकामा रहेका डाक्टर बस्नेतले नियमानुसार नै बिदा लिएको   बताइन् । उनको विदा मन्त्रालयबाट स्वीकृत नभए पनि आफूले स्वीकृत गरेको  बताइन् । डा. जैसवालका अनुसार डाक्टर बस्नेतले  ६० दिन घर बिदा,  २४ दिन  बिरामी बिदा, र ४६ दिन  सट्टा बिदा पाउने नियम भएको र सो अनुसार  आफूले स्वीकृत गरेको बताइन् । तर सरोकारवालाहरूले डाक्टर बस्नेतले  अनावश्यक बिदा लिएको प्रतिक्रिया दिएका छन् । 

प्रकाशित: १९ पुस २०७४ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App