मुम्बइ– बाहुबली फिल्मबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभास बलिउडमा डेब्यू गर्ने भएका छन्।
प्रभासले हालै एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले ३ वर्ष अघिनै एक रोमान्टिक बलिउड फिल्ममा साइन गरेको खुलासा गरेका हुन्।
पछिल्लो समय फिल्म ‘साहो’को शुटिंगमा व्यस्त रहेका प्रभासले आफू छिट्टै बलिउडमा आउने बताए।
‘म अधिकतम हिन्दी फिल्म हेर्छु । म आफैँ पनि हैदराबादमा बस्छु,’ प्रभासले भनेका छन्– ‘हैदराबादमा ६० प्रतिशतले हिन्दी बोल्छन्। बलिउडबाट मलाई राम्रा अफर आएका छन्। मैले ३ वर्ष पहिले नै एउटा स्क्रिप्टमा साइन गरिसकेको छु। यो एक प्रेमकथामा आधारित फिल्म हो। जसको शुटिंग साहोपछि हुनेछ।’
उक्त फिल्मकाे सुटिङकाे विषयमा बाेलेपनि उनले फिल्म निर्माता तथा निर्देशककाे विषयमा भने केही खुलाएका छैनन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘साहो’को शुटिंग सकिएपछि प्रभासले बलिउड फिल्म खेल्नेछन्। प्रभास बाहुबली र बाहुबली २ बाट विश्वभर चर्चित छन्।
प्रकाशित: १९ पुस २०७४ १४:०९ बुधबार