स्पेन– स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ।
बिहीबार राति सम्पन्न खेलमा ला लिगाको चौंथो स्थानमा रहेको रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हरायो । रियलका लागि ३५ औँ मिनेटमा पेनाल्टीमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गाोल गर्दै टोलीको अग्रता दोब्बर पारे । रियलका लागि थप १ गोल दोस्रो हाफको इन्जुरी समयमा मायोरलले गरेका थिए ।
खेलको ६० औँ मिनेटमा डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भएको थियो ।
रियल क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना मैदान उत्रेको थियो।
अर्को खेलमा ला लिगा लिडर बार्सिलेना भने सेल्टा डि भिगोसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको १५ औं मिनेटमा अर्नाइजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएक थिए तर पहिलो हाफकै ३१ औँ मिनेटमा सिस्टोले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । सो खेलमा लियोनल मेस्सी तथा लुइस स्वारेजले भने खेलेका थिएनन् ।
त्यस्तै राति नै सम्पन्न अरु खेलमा लेगानेसले भिल्लारियललाई १–० तथा लेभान्टेले इस्पानियोललाई २–१ ले हरायो ।
प्रकाशित: २१ पुस २०७४ ०४:१९ शुक्रबार