coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

युवालाई लोभ्याउँदै डेटिङ एप्स

द गार्जिएन अनलाइन र एजेन्सी

शुष्मा बराली
कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् ।
एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् ।

जोडी खोज्न चाहने युवा एप्सप्रति आकर्षित भएका छन् । २०१४ मा सार्वजनिक भएको यो एप्स सुरुमा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, इटाली, मेक्सिको, फिलिपिन्स र स्विडेनमा मात्र प्रयोग गर्न मिल्थ्यो, अहिले विश्वभर यसका प्रयोगकर्ता छन् ।

‘सुरुमा त एप्स प्रयोग गर्नेबारे थाहा थिएन, पछि चलाउँदा चलाउँदै सिकियो,’ उनले भनिन् । डेटिङ एप्स हो भन्ने थाहा पाएपछि चलाउन उत्सुक भएको उनले बताइन् । ‘खासमा म सिंगल छु, ब्वाइफ्रेन्डको खोजीमा टिन्डर प्रयोग गरेकी हुँ,’ उनी भन्छिन् । अहिलेसम्म खोजेजस्तो केटा साथी नपाए पनि राम्रो साथी फेला पारेको उनको भनाइ छ ।
जोडी खोज्न चाहने युवा यो एप्सप्रति आकर्षित भएका छन् । २०१४ मा सार्वजनिक भएको यो एप्स सुरुमा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, इटाली, मेक्सिको, फिलिपिन्स र स्विडेनमा मात्र प्रयोग गर्न मिल्थ्यो, अहिले विश्वभर यसका प्रयोगकर्ता छन् ।
यो एप्सकी अर्की प्रयोगकर्ता हुन्, जावलाखेलकी नन्दा थापा (नाम परिवर्तन) । एप्स प्रयोगपछि इन्जिनियर केटा साथी भेटाएको उनले बताइन् । राम्रो साथी पाएकोमा उनी खुसी छिन् ।
सामाजिक सञ्जालका नक्कली अकाउन्टप्रति उनी सचेत छिन् । ‘सामाजिक सञ्जाल सही ढंगले प्रयोग गर्न सके हानी हुँदैन,’ उनी भन्छिन् ।
बालाजु बस्दै आएका सरद केसी पनि एप्सबाट गर्लफ्रेन्ड पाएपछि दंग छन् ।
एप्समा फोटो देखेपछि बोल्दै गएको र पछि साथी बनेको उनी बताउँछन् । ‘सुरुमा त नक्कली आइडी हो की भन्ने लागेको थियो, तर भेट भएपछि विश्वास बढ्दै गयो,’ उनले भने । स्नातक अध्ययनरत उनी एप्सका नियमित प्रयोगकर्ता हुन् ।
टिन्डरमा कुरा गरी प्रेमिकासँग डेट गएको कुरा सम्झँदै उनी भन्छन्, ‘भेट्दा एक प्रकारको डर थियो, भेटेपछि डर काउकुतीमा परिणत भयो ।’
कुराकानी हुँदै गएपछि अहिले सम्बन्ध राम्रो बनेको उनले बताए । साथीहरूले टिन्डरमा जोडिएको सम्बन्धको भर हुँदैन भने पनि अहिलेसम्म आफू प्रेम सम्बन्धमै रहेको उनी बताउँछन् । टिन्डरले जुराएको सम्बन्ध विवाहसम्म पुग्ने उनले बताए ।
टिन्डरका अर्का प्रयोगकर्ता हुन्, विशालनगरका रवि गुरुङ । इन्जिनियर अध्ययन गर्दै आएका उनी पनि एप्स प्रयोग गरेपछि सुख–दुःख बाँड्ने साथी पाएको बताउँछन् । मोबाइलमा एप्स इन्सटल गरेपछि नियमित प्रयोग गर्न थालेको उनले बताए ।
बिदा मिलाएर साथीलाई भेट्न जाने सोच बनाएको उनी बताउँछन् । ‘अहिलेसम्म नभेटे पनि एकअर्काको कुरा साट्दा नजिक भएका छौं,’ उनी भन्छन्, ‘उसलाई म मन परेपछि हामी प्रेम सम्बन्धमा बस्छौं ।’

प्रकाशित: २२ पुस २०७४ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App