८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ क्वाटरफाइनलमा

धनगढी – पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपिएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस  सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा शनिबार भएको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुउआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टोलीलाई दोस्रो चरणमा पु¥याएका हुन् । पेलान्टी सुटआउटमा एपिएफएका गोलरक्षक नगरकोटीसहित अन्जन विष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए । सहाराका सुसन गुरुङ, विजय श्रेष्ठ, मानबहादुर तामाङ र फुर्वा लामाको प्रहार गोलमा परिणत भएका थिए ।
 

यसअघि पहिलो हाफमा पाएको पेनाल्टीलाई पनि सहाराले गोलमा परिणत गर्न सकेन । खेलको २१औं मिनेटमा विनोद गुरुङले गरेको पेनाल्टी गोलपोस्टको दायाँ किनाराबाट बाहिरिएको थियो । गोल रोकेर टिमलाई जिताएका गोलरक्षक नगरकोटी म्यान अफ द म्याच भए । उनले नगद १० हजार हात पारे ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको, तर पेनाल्टीमा जित हात पर्दा खुसी लागेको बताए । ‘मौसमले पनि समस्या ग¥यो, अर्को खेलमा सुधार गर्छौं,’ उनले भने । सहाराका प्रशिक्षक किरन गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार बेहोरेको बताए । ‘पेनाल्टीलगायत धेरै अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुप¥यो’, उनले भने ।

प्रतियोगिताअन्तर्गत आइतबार काठमाडौंको सिएमजी संकटा र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँसहित ट्रफी, मेडलसहितको पुरस्कार प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्टहरूलाई १५–१५ हजारका दरले र खेलअवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।

प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले जानकारी दिए ।  

 

 

प्रकाशित: २३ पुस २०७४ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App