परिवार नियोजनका अस्थायी साधन : जति धेरै जानकारी, उति कम प्रयोग

सोमबार, २४ पुष २०७४, ०८ : ३३ दीपक दाहाल  | @DeepakDahal1


काठमाडौं- कस्ता दम्पतीले धेरै बच्चा जन्माउँछन् ? सहजै उत्तर आउँछ– अशिक्षित । यो त सही जवाफ हो, योसँगै अर्को प्रश्न पनि आउँछ । उसो भए परिवार नियोजनका आधुनिक साधन र  सेवाको प्रयोग कस्ता वर्गका दम्पतीले बढी गर्लान् ? पहिलो प्रश्नको जबाफको आधारमा तपाईंको उत्तर ‘शिक्षित दम्पती’ ले भन्ने आयो भने त्यो गलत हुन्छ ।

देशमा जति शिक्षित दम्पती भयो उति नै परिवार नियोजनका आधुनिक साधन र सेवा प्रयोग गर्ने भए पनि नेपालमा भने ठीक उल्टो पाइएको छ ।

विश्वका अधिकांश देशमा जति शिक्षित दम्पती भयो उति नै परिवार नियोजनका आधुनिक साधन र सेवा प्रयोग गर्ने भए पनि नेपालमा भने ठीक उल्टो पाइएको छ । हालै सार्वजनिक नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण (एनडिएचएस) का निर्देशक योगेन्द्र प्रसाईंले शैक्षिक स्तर बढी भएकाले परिवार नियोजनका अस्थायी साधन बढी प्रयोग गर्नुपर्नेमा त्यस्तो नभएको बताए ।
प्रसाईंका अनुसार सिद्धान्ततः र विश्वव्यापी प्रवृत्ति हेर्दा पनि जति शिक्षित भयो उति बच्चा धेरै पाउनुहुन्न भन्ने थाहा हुने र बजारमा उपलब्ध साधनको ज्ञानसमेत बढी हुने भएकाले परिवार नियोजनका साधनको प्रयोगदर शिक्षितमा बढी हुनुपर्छ । ‘नेपालमा जति ज्ञान भयो उति प्रयोग नगरेको पाइयो,’ प्रसाईंले भने, ‘बरु प्राकृतिक विधि (विर्य योनीबाहिर झार्ने) अपनाउनेको दर बढ्दै गएको छ ।’
प्रत्येक ५ वर्षको अन्तरमा हुने सर्वेक्षणले सन् २०११ मा पहिलोपटक यस्तो प्रवृत्ति देखाएकोमा  पछिल्लोपटक सन् २०१६ मा पनि बढ्दै गएको पाइएको छ । पछिल्लो सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष (प्रजनन उमेर) का महिलामध्ये ५२ प्रतिशतले परिवार नियोजनका अस्थायी  साधन प्रयोग गर्दा एसएलसीभन्दा माथिल्लो तहको शिक्षा पाएका ३४ प्रतिशतमात्रैले अस्थायी साधन प्रयोग गर्छन् । प्राथमिक तहको शिक्षा पाएकामा यो दर ४२ प्रतिशत र माध्यमिक तहसम्मको अध्ययन पूरा गरेकामा यो दर ३४ मात्रै छ ।
परिवार नियोजनका आधुनिक साधन र सेवामा महिला बन्ध्याकरण, तीन महिने सुई, पुरुष बन्ध्याकरण, खानेचक्की, कन्डम, इम्प्लान्ट र आइयुसिडी उपलब्ध छन् । अर्को छुट्टै तथ्यांकअनुसार २४ प्रतिशत विवाहित दम्पतीले परिवार नियोजनका आधुनिक अस्थायी साधन प्रयोग गर्न चाहेर पनि पाएका छैनन् ।
नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै विधि प्रयोग गरिरहेका छन् । यीमध्ये ४३ प्रतिशतले मात्रै आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधि (विर्य बाहिर झार्ने) प्रयोग गरिरहेका छन् । तथ्यांकले विर्य बाहिर झार्ने परम्परागत विधि अपनाउनेको प्रतिशत सन् १९९६ मा ३ रहेकोमा २०१६ मा १० प्रतिशत पुगेको देखाएको छ ।
अफगानिस्तान र पाकिस्तानबाहेक छिमेकका अन्य देशमा नेपालको तुलनामा परिवार नियोजनका साधन प्रयोग दर बढी छ । नेपालमा ४३ प्रतिशत रहेको यस्तो दर बंगलादेशमा ५४, म्यानमारमा ५१ र भारतमा ४८ प्रतिशत छ ।
सर्वेक्षणमा ‘किन प्रयोग गर्नुहुन्न’ भन्ने प्रश्न नसमेटिने भएकाले तथ्यमा आधारित यकिन कारण भन्न सकिने अवस्था छैन । ‘किन प्रयोग गर्दैनन् भन्ने कारण खुलेको छैन । अनुमानका आधारमा भन्ने हो भने अस्थायी साधनको साइड इफेक्ट हुन्छ भन्ने सोचले प्रयोग घटाएको हुन सक्छ,’ प्रसाईंले भने ।
विज्ञले प्राकृतिक विधि तुलनात्मक रुपमा कम सुरक्षित भएपनि पछिल्लोपटक गर्भपतन नै कानुनी भएकाले पनि दम्पतीले यस्तो जोखिम उठाइरहेको हुन सक्छ । परिवार नियोजनका साधनको विकल्पका रुपमा गर्भपतन प्रयोग हुनुले मातृस्वास्थ्यमा जोखिम थपेको जानकारहरु बताउँछन् ।
एक अर्को तथ्यांकअनुसार परिवार नियोजनका अस्थायी साधन प्रयोग दर शिक्षितमा कम भए पनि बच्चा जन्माउने दर भने अशिक्षितमै बढी छ । अशिक्षित दम्पतीले औसतमा ३.३ बच्चा जन्माउँदा एसएलसीमाथि पढेकाले १.८ बच्चा जन्माइरहेका छन् । यो दर जति शिक्षित भयो उति कम छ ।
सरकारले रेडियो र टेलिभिजनमार्फत परिवार नियोजनका साधनको प्रवद्र्धन विज्ञापनमा करोडौं खर्च गरिरहेको छ । पछिल्ला दिनमा सरकारले स्मार्ट दम्पती योजना भन्दै शिक्षित दम्पतीमा लक्षित विज्ञापनमा मात्रै करोडौं खर्च गरेको छ तर सोही समुदायमा साधनको प्रयोग घट्नुले राज्यको लगानीको सदुपयोग भएकोमा शंका उत्पन्न गराएको छ । यस्तै अस्थायी साधन प्रयोग गर्दा हुने असर र फाइदाबारे पर्याप्त जानकारी नभएको समेत पाइएको छ । परिवार नियोजनका सेवाग्राहीलाई परिवार नियोजनका साधन तथा सेवा प्रयोगबाट हुन सक्ने असर,  असर भएमा के गर्ने भन्ने जानकारी प्रभावकारी रुपमा दिन नसकिएको सरकारी अधिकारीहरु स्विकार्छन् । सर्वेक्षणले पनि परिवार नियोजनका साधन प्रयोग गर्ने झन्डै आधा उपभोक्ताले यसको असरबारे जानकारी नपाएको देखाएको छ ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र...

साली बन्दै मरिस्का

साली बन्दै मरिस्का

नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको’ मंगलबार चितवनमा शुभमुहूर्त गरिएको छ । मुभिङ पिक्चर्सद्वारा निर्मीत फिल्ममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले...

‘शेरबहादुर हलिउडबाट प्रभावित’

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको...

लघुकथा वाचन तथा विमोचन

लघुकथा वाचन तथा विमोचन

शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ । ...