४ वैशाख २०८१ मंगलबार
राजनीति

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

बालकोटमा बसेको एमाले बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं-  नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्। ओली निवास बालकोटमा बसेको बैठकमा उनले पार्टी एकता हुनेमा ढुक्क हुन आग्रह गरेका थिए। यस अघि आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच भेट भएको थियो। दुई नेताको भेटमा भएको कुराकानीबारे ओलीले बैठकमा जानकारी गराएका थिए। 'हिजो हाम्रो भेट भयो। पार्टी एकताबारे कुरा भयो साथीहरु ढुक्क हुनुस् पार्टी एकता एक हुन्छ दुई हुन्छ तीन हुन्छ', ओलीलाई उदृत गर्दै एमाले सचिव योगश भट्टराईले भने, 'एकताबारे अध्यक्ष दाहाल अत्यान्त सकारात्मक हुनुहुन्छ र तयारी गरिरहनुभएको छ।'

'हिजो हाम्रो भेट भयो। पार्टी एकताबारे कुरा भयो साथीहरु ढुक्क हुनुस् पार्टी एकता एक हुन्छ दुई हुन्छ तीन हुन्छ'

मंगलबार पार्टी एकता संयोजन समितिको बैठकले राजनीतिक विषय र संगठनात्मक विषयलाई टुंगो लगाउन कार्यदल बनाउने र त्यसै अनुसार एकता प्रक्रियाले गति लिने गरी अघि बढ्ने एमालेले निर्णय गरेको छ। पार्टीका सबै कमिटीलाई पार्टी एकताबारे सकारात्मक सन्देश दिने गरी काम गर्न समेत सर्कुलर एमालेले गर्ने भएको छ। बैठकमा ओलीले पदीय बाँडफाँटबारे कुनै सहमति नभएको बताएका थिए।

असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बीचमा चुनावी तालमेल भएको थियो। निर्वाचन पछि पार्टी एकता गर्ने भनिए पनि त्यसले गति लिन नसकिरहेको अवस्थामा एमालेको स्थायी कमिटी बैठक बसेको हो। यता सोमबार नै नेकपा माओवादीका शीर्ष नेताहरुबीच पनि छलफल भएको छ। अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच मंगलबार बस्ने पार्टी एकता संयोजन समितको बैठकको तयारी बारे छलफल भएको थियो।

समानुपातिक परिणाम घोषणा नगरे दवावमुलक कार्यक्रम

स्थानीय तह तथा प्रदेश सभाका जनप्रतिनिधिलाई काठमाडौंमा उतारेर जनदवाव दिनेसम्मका कार्यक्रम ल्याउन सकिने गरी बैठकमा छलफल भएको एमाले स्रोतले जनाएको छ।

निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक परिणाम नियतबस घोषणा नगरेको एमालेले आरोप लगाएको छ। एमाले स्रोतका अनुसार परिणाम घोषणा नगरे जनदवाव दिनुपर्ने नेताहरुले बैठकमा राखेका थिए। स्थानीय तह तथा प्रदेश सभाका जनप्रतिनिधिलाई काठमाडौंमा उतारेर जनदवाव दिनेसम्मका कार्यक्रम ल्याउन सकिने गरी बैठकमा छलफल भएको एमाले स्रोतले जनाएको छ।'संसदको निर्वाचन भएपछि नयाँ सरकार बनाउन्ने विश्वव्यापी नियम हो। तर यहाँ संवैधानिक जटिलता देखाउन खोजिएको छ', एमालेले भनेको छ, 'सरकार गठनको लागि सहज वातावरण गर्न सरकार निर्वाचन आयोगलाई अनुरोध गर्छौ।' अविलम्ब सरकार गठन गर्न पहल लिने निर्णय समेत एमालेले गरेको छ। पछिल्ला गतिविधिका कारण मुलुक अनिष्ट तर्फ नजाओस् भन्नका लागि सबै सचेत हुनु पर्ने पार्टीले बताएको छ। निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्पतिसमक्ष नबुझाउने कुरा संविधानको भावना विपरीतको र अनुत्तरदायी विषय भएको एमालेले जनाएको छ।

प्रकाशित: २४ पुस २०७४ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App