८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीको समर्थनमा उर्लियो जनलहर (फोटोफिचर)

तस्बिर : दीपेन्द्र राेक्का

काठमाडौं – डा. केसी पक्राउको विरोध गर्दै माइतीघर मण्डलामा उनको रिहाईको माग गर्दै समर्थकहरुले विरोध प्रर्दशन गरेका छन् । मंगलबार बिहान ८ बजेदेखि माइतीघर मण्डला डा. केसीको गिरफतारीविरुद्ध उनका समर्थकहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं नयाँशक्तिका संयोजक बाबुराम भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।
विरोध प्रदर्शनमा सहभागि भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डा. गोविन्द केसीलाई मानहानी मुद्दा लाग्छ भने सबैलाई लाग्नुपर्ने बताएका छन्। ‘हामी सबै अदालतको मानहानी गरेका छौं । त्यसो भए हामी सबैलाई मानहानीको मुद्दा लगाइयोस् ।’त्यस्तै विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले डा. गोविन्द केसीले उठाएका मागको छानबिन हुनुपर्ने बताएका थिए । ‘डा. गोविन्द केसीले उठाउनु भएको मागको छानबिन गरियोस्,’उनले भने ।

तस्बिर : दीपेन्द्र राेक्का
तस्बिर : दीपेन्द्र राेक्का
तस्बिर : दीपेन्द्र राेक्का
तस्बिर : दीपेन्द्र राेक्का
तस्बिर : दीपेन्द्र राेक्का
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App