८ वैशाख २०८१ शनिबार
प्रवास

महासंघले युएईमा पत्रकारिता तालिम दिने

युएई - नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ। 

महासंघले आगामी जनवरी १२ तारीक शुक्रबारका दिन युएईमा कार्यरत रहि विभिन्न मिडियामा कलम चलाउँदै आएका नेपाली पत्रकारहरु र पत्रकारितामा रुचि राख्ने अन्य व्याक्तिहरुले समेत तालिम लिन पाउने गरी आधारभूत तथा खोज पत्रकारिता सम्बन्धि एक दिने तालिम दिन लागेको हो।

तालिमका लागि  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले युएई आउने भएका छन्।

'युएईमा कार्यरतर रहि  कलम चलाउँदै आएका पत्रकारहरु र पत्रकारितामा रुचि राख्ने अन्य व्याक्तिहरुलाई थप ज्ञान दिनको लागि हामीले बार्षिकोत्सबको अवसरमा एकदिने पत्रकारिता सम्बन्धि तालिम राखेका हौं', नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले नागरीक न्युजसंगभने, 'त्यसैले यो तालिममा सबैले सहभागिता जनाई लेखन शैली र आफ्नो व्याक्तित्वको विकास गर्न आग्रह गर्दछु।' 

अध्यक्ष बस्यालले तालिममाको लागि  ५० जनताको सिमित कोटा रहेको हुँदा चाडै नै फर्म भरी सीट सुरक्षित गर्न सबैमा आग्रह गरेका छन।

महासंघले तालिमको लागि महासंघका उपाध्याक्ष लक्ष्मण खनालको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरेको छ। 

सोही दिन युएईमा पत्रकारिता गर्दै आएका पत्रकारहरु मध्ये उत्कृष्ट एक जनालाई महासंघले अवार्ड समेत वितरण गर्ने छ। 

 

प्रकाशित: २५ पुस २०७४ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App