७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीलाई वीर अस्पताल लगियो

काठमाडौं – २४ घण्टाअघि पक्राउ परेका डा गोविन्द केसीलाई प्रहरीले वीर अस्पतालमा पुर्याएको छ। अनसनरत डा केसीको स्वास्थ्यमा समस्या आएको भन्दै प्रहरीले उनलाई वीरमा पुर्याएर भर्ना गरी छाडेको हो।

गिरफ्तारीपछि कडा सुरक्षामा राखिएका केसीलाई अहिले अघिपछिका अनसनजस्तै सामान्य सुरक्षामा राखिएको छ। अनसनको २४ घण्टामा विभिन्न ठाउँमा पुर्याएकोले तनाबका कारण डा केसीको स्वास्थयमा समस्या सुरु भएको सहयोगीहरुले बताएका छन्।

प्रहरी टोलीले केसीका सहयोगीलाई ‘उपचारमा छोड्नु भन्ने माथिको आदेश छ’ भन्दै जानकारी गराएका थिए। अहिले केसीलाई वीर अस्पतालको मेडिसिन विभागमा भर्ना गरेर राखिएको छ।

केसीले प्रहरी हिरासत र वीर अस्पतालबाटै अनसन जारी राखेका छन।

यसैबीच केसीका समर्थकहरुले भोलि दिउँसो १ बजेपछि केसीको रिहाईको माग गर्दै देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन। उनीहरुले ‘म पनि डा केसी, मलाई पनि पक्राउ गर’ भन्ने नारा समेत तय गरेका छन।

प्रकाशित: २५ पुस २०७४ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App