८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डा.केसीको समर्थनमा चितवनमा प्रदर्शन, सांसदसमेत सहभागि

डा.गोविन्द केसीको समर्थनमा चितवन भरतपुर चौबीसकोठीमा भएको प्रदर्शन । तस्विर: नागरिक

चितवन– अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए । डा.केसीले सर्वसाधरणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिकहरुको दायित्व भएको सहभागिहरुको प्रतिकृया थियो ।

वरिष्ठताको आधार वा मापदण्ड बनाएर डिन नियुक्त गर्नु पर्नेमा त्यसो नगरेको भन्दै डा.केसीले अनसशन सुरु गरेपछि सरकारले चार वर्षअघि शर्मालाई बर्खास्त गरेको थियो । अदालतले सरकारको निर्णय उल्ट्याउँदै शर्मालाई चार दिनका लागि भए पनि डिनमा फर्काउने आदेश दिएपछि डा.केसीले प्रधान्यायाधीश गोपालप्रसाद पराजुली विरुद्ध टिप्पणी गरेका थिए ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका केसीलाई सोमबार मात्र अदालतको अवहेलनाको आरोपमा सर्वोच्च अदालतमा परेको उजुरीको आधारमा प्रहरीले समाएको थियो । केसीको अनशनकै बलमा बर्खास्त भएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई पुनर्वहाली गर्ने आदेश सर्वोच्च अदालतले दिएपछि डा.केसी असन्तुष्ट थिए ।

वरिष्ठताको आधार वा मापदण्ड बनाएर डिन नियुक्त गर्नु पर्नेमा त्यसो नगरेको भन्दै डा.केसीले अनसशन सुरु गरेपछि सरकारले चार वर्षअघि शर्मालाई बर्खास्त गरेको थियो । अदालतले सरकारको निर्णय उल्ट्याउँदै शर्मालाई चार दिनका लागि भए पनि डिनमा फर्काउने आदेश दिएपछि डा.केसीले प्रधान्यायाधीश गोपालप्रसाद पराजुली विरुद्ध टिप्पणी गरेका थिए ।

सोही टिप्पणीका आधारमा पक्राउ परेका केसीलाई तत्काल छाड्न माग गर्दै मंगलबार साँझ सोलीडारिटी फर डा.गोविन्द केसी एलायन्सले भरतपुर चौबीस कोठीमा पाँच बजेदेखि आधा घण्टा प्रदर्शनको आह्वान ग¥यो । सो आह्वान बमोजिम प्रदर्शनमा सर्वसाधरण र राजनैतिक नेताहरुसमेत सहभागि भए । सो प्रदर्शनमा चितवन क्षेत्र नं. २ प्रदेश सभा २ का निर्वाचित सदस्य विजय सुवेदीसमेत सहभागि थिए ।

त्यस्तै विवेकशिल साझा पार्टीका नेता भुपेन्द्र बस्नेत लगायतका नेता र अन्य युवा विद्यार्थी सर्वसाधरणले डा.केसीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरे । केसीले सर्वसाधरणको हितका लागि मेडिकल शिक्षामा पद्दतीको माग गरेका कारण उनको जायज अभियानलाई हतोत्साहित बनाउने काम कसैले पनि गर्न नहुने  प्रदशैनमा सहभागि विवेकशिल साझा पार्टीका नेता भुपेन्द्र बस्नेतले बताए ।

एलायसनले डा.केसीको पक्षमा उनको आठौं अनशनदेखि नै प्रदर्शन गर्दै आएको छ । पछिल्लो पटक डा.केसीको समर्थनमा भरतपुरमा रिले अनशनसमेत आयोजना भएको थियो । त्यस्तै मंगलबार दिउँसो भरतपुरमा नै डा.केसीको मसर्थनमा नयाँ शक्ति पार्टी, नेपालले पनि प्रर्दशन गरेको छ । डा.केसीले तीन करोड नेपालीको सरोकारलाई लिएर आफ्नो ज्यन नै धरापमा पार्दै अभियान चलाउँदै आएको सो पार्टीले जनाएको छ ।

‘डा.केसीले जनसरोकारका मागहरु उठाएर शान्ती पुर्ण संघर्ष गर्दै आएका छन् । सरकारले उहाँको जायज मागलाई पुरा गर्न सधै आनाकानी गर्छ । वास्तवमा सरकारले जनताको जिवन प्रति मजाक नै गरेको छ । यस्तो बेलामा केसीलाई पक्राउ गर्नु कदापि उचित छैन’ नयाँ शक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ ।

गोविन्द केसीमाथि भएको पछिल्लो कारवाहीले शान्तीपुर्ण आन्दोलन कर्तालाई तनाब तर्फ धकेल्न खोजेको नयाँ शक्ति पार्टी, नेपाल चितवनका संयोजक विष्णुहरि तिमल्सेनाले निकालेको प्रेश विज्ञप्तीमा उल्लेख छ । सरकारले डा.केसीको न्यायोचित मागको तत्काल सुनुवाई गर्नु पर्ने र केसीलाई रिहाइ गर्नु पर्ने नयाँ शक्तिले माग गरेको छ ।

 

प्रकाशित: २५ पुस २०७४ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App