coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भाइरल ज्वरो प्रभावित क्षेत्रमा कर्णालीका चिकित्सक

जुम्ला- दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको छ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले वाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको हो।

क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको अस्पताल निर्देशक धर्मराज गोसाई जानकारी दिए। उनका अनुसार टोली आजै जाजरकोट प्रस्थान गरिसकेको छ । टोली दुई हप्ता वस्ने गरि खटाएका छौ, अस्पताल निर्देशक धर्मराज गोसाईले भने,प्रकोप नियन्त्रण नहुन्जेल सम्म फर्कने छैनन। पछिल्लो समयमा कर्णालीले रोग प्रभावित क्षेत्रमा चिकित्सक पठाउन थालेको हो। कर्णाली रोग, भोग, र अभावको सिकार मानिन्थ्यो, उनले भने, अहिले दक्ष विशेषज्ञ चिकित्सक पठाउने थलो वनेकोमा स्थानीय खुसी छन्।

कर्णालीदेखि खटिएको टोली जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको सम्पर्कमा जाने र जता आवश्यक छ उतै खटिएर विरामीको उपचारमा लाग्ने प्रतिष्ठानले जनाएको छ। यो संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीको मुगु र कालिकोटमा विशेषज्ञ सेवा शुरु गर्ने भएको छ । कालिकोटमा महिनाको २ पटक र मुगुमा महिनामा एक पटक विशेषज्ञ टोलीले विरामीको चेकजाँच र औषधी उपचार गर्ने निर्णय भएको अस्पताल निर्देशक गोसाईले जानकारी दिए।

उनका अनुसार विशेषज्ञ सेवा सञ्चालनका लागि दुईवटै जिल्लाका स्वास्थ्य कार्यालयमा कार्यतालिका सहित पत्राचार भईसकेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ डाक्टरको टोली उपचारका लागि विरामीको घरदैलोमै पुग्ने उनीहरु बताउँछन्।

 

प्रकाशित: २६ पुस २०७४ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App