१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दृष्टिविहिन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

तस्विर साभार: पाक प्यासन डट नेटका सम्पादक साज सादिकको ट्विटरबाट

काठमाडौ– पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधवार पाकिस्तानको इकबाल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । 

नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको नोक्सानीमा भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा २ सय ३४ रन जोडेको थियो । नेपालका लागि किर्तन दुवालले सर्वाधिक ६६ रनको योगदान गरे । यस्तै खिमानन्द गैरेले ३४ रन र पदम बडेलले ३० रनको योगदान गरे । प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा नेपाल आयोजक पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । 

पाकिस्तानमा आयोजित यो विश्वकपमा भाग लिन नेपाली टोली बजेट नभएर बस र रेलबाट यात्रा गर्दै प्रतियोगितास्थलमा पुगेको थियो ।  पाक प्यासन डट नेटका सम्पादक साज सादिकले नेपाली टोलीको तस्विर राख्दै यस्तो ट्विट गरेका थिए । 

The Nepal national blind cricket team will travel to Pakistan by bus and train due to a lack of funds to take part in the Blind Cricket World Cup #Cricket pic.twitter.com/XBvyebY1Sc

— Saj Sadiq (@Saj_PakPassion) January 3, 2018

प्रकाशित: २६ पुस २०७४ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App