coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शीर्ष स्थानमा टंक र शुक्र

काठमाडौं – नेपाल गल्फ संघले आयोजना गरेको एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन तीन ओभर ७१ अंकसहित टंकबहादुर कार्की र शुक्रबाहादुर राई संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । टंक र शुक्रले पहिलो १८ होलको समाप्तिमा सुरेश तामाङलाई ३ स्ट्रोकले पछि परेका छन् ।

६ ओभर ७४ अंकसहित सुरेश तमाङ तेस्रो र सात ओभर ७५ को नतिजामा नवराज थापा चौथो स्थानमा  छन् । ८ ओभर ७६ को स्कोर बनाएका सुवास घिसिङ, भरत बस्ताबोटी र विपिन तामाङ पाँचांै स्थानमा छन् । यस्तै ७७ अंक जोडी विनोद तामाङ र सुमन परियार संयुक्त रूपमा आठौं हुँदा अमित बोगटी र सुन्दर राईले दशौंं स्थान बाँडेका छन् ।

प्रकाशित: २७ पुस २०७४ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App