coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बेघर भइन् मल्लिका

मुम्बई – बलिउड अभिनेत्री मल्लिका सेरावत र उनका प्रेमी साइरिल ओक्सनफेसलाई एक फ्रान्सेली अदालतले पेरिसको एक इलाकामा उनीहरू बस्दै आएको घर खाली गर्न आदेश दिएको छ ।

मल्लिका र साइरिलले पेरिसको टोनी १६ एरान्डिस्मेन्टमा बस्नका लागि घर लिए पनि भाडाबापतको रकम नतिरेपछि अदालतले उनीहरूविरुद्ध आदेश दिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गत डिसेम्बर ४ मा अदालतले आफ्नो फैसलामा सेरावत र उनका प्रेमी साइरिलले घर  प्रयोग गरेबापतको ७८ हजार ७ सय ८७ युरो भुक्तानी नगरेका कारण उनीहरूले प्रयोग गर्दै आएको फर्निचर जफत गर्न अनुमती दिएको थियो ।

घरमालिकाका अनुसार सेरावत र साइरिलले १ जनवरी २०१७ देखि मासिक ६ हजार ५४ रुपैयाँ युरो तिर्ने गरी घर भाडामा लिएका थिए । तर उनीहरूले घर प्रयोग गरेबापतको रकम भुक्तानी नगरेपछि घर मालिकले अदालतमा निवेदन दर्ता गराएका थिए । गत नोभेम्बर १४ मा भएको सुनुवाइका क्रममा सेरावत र साइरिलका वकिलले अदालतमा जोडीको आर्थिक समस्याको बारेमा जानकारी गराएका थिए । ती वकिलले सेरावतले अनियमितता गरेको पनि वयान दिएका थिए ।

मल्लिकाले बलिउडमा ‘वेलकम’, ‘मर्डर’ र ‘शादी के साइड इफेक्ट्स’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनी पछिल्लोपटक सन् २०१६ मा फिल्म ‘टाइम रियार्डस’मा देखिएकी थिइन् । योबाहेक उनी केही समयअघि कलर्स च्यानलमा ‘एन्टरटेनमेन्टकी रात’ नामक सोमा देखिएकी थिइन् । उनलाई घरमालिकले घरबाट निस्कन चेतावनी दिएको समाचार सार्वजनिक भएपछि उनले पेरिसमा आफ्नो कुनै घर नभएको प्रतिक्रिया दिएकी थिइन् ।
 

प्रकाशित: २७ पुस २०७४ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App