१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कतारमा सुपरस्टार नाइट्स

काठमाडौं – रोजगारीका लागि कतारमा कार्यरत नेपाली समुदायलाई मनोरञ्जन दिन आगामी मार्च ८ र ९ मा ‘सुपरस्टार नाइट्स’ नामक बृहत् सांगीतिक कार्यक्रम हुने भएको छ ।

नेपाली कला, संस्कृति र सांगीतिक क्षेत्रलाई अन्तरर्राष्ट्रिय बजारमा विकास र प्रवद्र्धन गर्न कतारका २ सहरमा कार्यक्रम हुन लागेको हो ।संगीक्षा फिल्मस् इन्टरटेन्मेन्टले कुमारी बैंक र बुम रेमिटको सहकार्यमा आयोजना गर्न लागेको कार्यक्रममा स्थापित कलाकारहरूको सहभागिता हुने जनाइएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएका थिए ।

बुम रेमिटका प्रमुख तथा कार्यक्रम संयोजक धीरेन्द्र पन्तले पाँच लाख नेपालीको बसोबास रहेको कतारमा आफ्नो कार्यक्रम प्रभावकारी हुने बताए । ‘कार्यक्रमको आयोजनाले नेपाली गीत, संगीत, हास्य व्यंग्यको विकास र प्रवद्र्धनमा ठूलो सहयोग र साथ मिल्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

उनका अनुसार मार्च ८ मा कतारको अल्खोर स्टेडियममा करिब ७ हजार र मार्च ९ मा कतारको ग्रान्ड मलमा करिब १० हजार दर्शकको उपस्थिति हुने अपेक्षा छ । संगीक्षा फिल्मस् इन्टरटेन्मेन्टका प्रमुख मनोज केसीले दर्जन बढी कलाकार लगेर कार्यक्रम गर्नु चुनौतीपूर्ण रहे पनि आफूहरु यसमा सफल हुने विश्वास व्यक्त गरे ।

कलाकार जीतु नेपालले विदेशमा कार्यक्रम धेरै हुने गरे तापनि यो कार्यक्रमलाई विशेष बनाउन आयोजक र कलाकारले ध्यान दिने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलनमा उपस्थित कलाकारले कतारमा रहेका नेपालीलाई कार्यक्रममा रमाउने तयारी गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा हास्य कलाकार जितु नेपालको कमेडीसँगै नायिका निरुता सिंह र अनु शाहको नृत्य, आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागार्इं, सन्तोष राज, रितकुमार श्रेष्ठ, संगीतकार तथा गायक राजनराज सिवाकोटीको गीति प्रस्तुति हुनेछ ।

त्यस्तै राधिका हमाल, एञ्जिला रेग्मी, सेलिना कु“वरले कार्यक्रममा गीत गाउँदा नृत्य निर्देशक तथा मोडल शंकर बिसीले आफ्ना डान्सिङ नम्बरमा कम्मर मर्काउनेछन् । संगीक्षा फिल्मस्ले यसअघि युएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको छ ।
 

 

प्रकाशित: २७ पुस २०७४ ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App