८ वैशाख २०८१ शनिबार
कला

सुनिताको ‘माइत जाने बाटो’

काठमाडौं – हङकङमा बस्दै आएकी चितवनकी कवियत्री सुनिता गिरीको पहिलो कविता संग्रह ‘माइत जाने बाटो’ सार्वजनिक भएको छ । हङकङ साहित्यिक साझा शृंखलाकी सहसंयोजक गिरीको कविताकृति नेपाल क्लब हङकङले प्रकाशन गरेको हो ।

याउमा तेई कम्युनिटी हलमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् अतीत मुखिया, नेपाल क्लब र हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, हङकङ साहित्यिक साझा शृंखलाका संयोजक डीबी पालुङ्वा, समीक्षक समाज हङकङका संयोजक हेमकुमार लावती, एभरेस्ट साप्ताहिकका प्रकाशक एवं सम्पादक किसन राई, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन, एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङलगायतले कृति सार्वजनिक गरेका थिए ।

समुच्च विचारकी प्रवर्तक तथा कवि दीपा एवाई राई र समीक्षक समाज हङकङका संयोजक लावतीले कृतिमाथि समीक्षा गरेका थिए । उनीहरूले गिरीका कविता संग्रह अब्बल कृतिका रूपमा पाठकमाझ आएको बताएका थिए । कवि टोपबहादुर याक्खा, पूर्णिमा शाहलगायतले संग्रहभित्रका कविता सुनाएका थिए भने कवि गिरीलाई विभिन्न संघसंस्थाले सम्मान पनि गरेका थिए ।
 

प्रकाशित: २७ पुस २०७४ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App