उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

बिहिबार, २७ पुष २०७४, १२ : १९ नागरिक


गाईघाट - देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।

उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै गएकाे र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पुगेकाे हो ।

विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र उद्योगमा पछिल्लो समयमा ६५० मेट्रिक टनले उत्पादनमा वृद्धि गरिएको तर अहिले चौबिसै घण्टा उद्योग सञ्चालन गरेर प्रतिदिन ७०० मेट्रिक टनले सिमेन्ट वृद्धि गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडलले बताए ।

सिमेन्टको मूल्य वृद्धि भएसँगै झनै बजारमा गैँडाछाप सिमेन्टको माग बढ्दै जान थालेपछि उत्पादनमा पनि व्यापक रुपमा नै वृद्धि गर्दै लगेको उद्योग प्रशासनले बताएको छ । यस वर्ष सिमेन्ट उत्पादनमा उद्योगले झण्डै रु २५ करोडभन्दा बढी सिमेन्ट बिक्रीबाट आम्दानीसमेत गरेको उद्योग प्रशासनले बताएको छ । उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन सिमेन्ट उत्पादन गर्ने क्षमता झण्डै ८०० मेट्रिक टनसम्म रहेको छ ।
 






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

चिच्चर र घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक

चिच्चर र घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक

चिच्चर थारु समुदायको भान्सामा पाक्ने चामलको विशेष परिकार हो । चिच्चर अनदी धानको चामलको मात्रै बन्छ । चिच्चरसँग खाने तरकारी...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन्। ...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका...

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३...