आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि

बिहिबार, २७ पुष २०७४, १४ : ४० नागरिक


डडेल्धुरा – जिल्लामा यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको छ। 

उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए। 

यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ। कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो। यस वर्ष करिब १०० मेट्रिक टन आलुको बीउ अनुदानमा वितरण गरेको विष्टले बताए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरिएपछि किसान उत्साहित भएका छन्। आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको विष्ट बताउँछन्। 

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ। अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई आलुखेतीका लागि कार्यालयले पकेट क्षेत्र घोषणा गरेको छ। 

हिउँदे बाली लगाउँदा जंगली जनावरले नष्ट गर्ने हुँदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन्। अजयमेरु गाउँपालिका–१ समैजीका कृषकले अन्य बाली लगाउन छोडेर आलुखेतीतर्फ लागेका छन्। गहुँबाली लगाउने करिब १० रोपनीमा आलुखेती गरेको समैजीका माधवी भण्डारी बताउँछन्। आलुखेतीसँगै गोलभेँडा, काउली, बन्दागोभी र हरियो सागपात लगाउने क्रम बढ्दै गएको छ। 

यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५५५ हेक्टर क्षेत्रफलमा र बर्खे आलुखेती २८५ हेक्टरमा क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो। 

छत्तिस करोडको आलु उत्पादन 

डडेल्धुरामा आव २०७३/७४ मा रु ३६ करोड मूल्य बराबरको आलु उत्पादन भएको थियो। जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो। आधुनिक प्रविधीकरणका किसानको आलुखेतीका बारेमा ज्ञान बढ्दै गइरहेको छ। 

गत वर्षदेखि डडेल्धुराबाट ठूलो परिमाणमा आलु अन्य जिल्ला निर्यात भइरहेको छ। गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत किसानलाई आलुको बीउदेखि अन्य आर्थिक र प्राविधिक सहयोग प्राप्त हुन थालेको छ। 

जिल्लामा वर्षको दुईपटक आलुखेती हुँदै छ। बर्खे आलुबाट बढी फाइदा हुने गरेको अमरगढी–७ पोखराका लक्ष्मी कामीले बताए। बर्खामा आलु कम उत्पादन हुने भएकाले मूल्य बढी पाउने उनी बताउँछन्। किसानले अहिले आलु प्रतिकिलो रु २० देखि रु २५ सम्ममा बिक्री गरिरहेका छन्।






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

चिच्चर र घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक

चिच्चर र घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक

चिच्चर थारु समुदायको भान्सामा पाक्ने चामलको विशेष परिकार हो । चिच्चर अनदी धानको चामलको मात्रै बन्छ । चिच्चरसँग खाने तरकारी...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन्। ...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका...

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३...