coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्याटलोनियाली नेताद्वारा रिहाइकाे माग

म्याड्रिड - क्याटलोनियाको स्वतन्त्रताको पक्षमा केन्द्रसरकारसँग छुट्टिएको घोषणा गरेका नेतामध्ये तीन नेताले बिहीबार अदालतमा आफ्नो रिहाईकाे माग गरेका छन् ।

क्याटलोनियाका पूर्व गृहमन्त्री जाओक्वीम फोर्न तथा नेताहरू जोर्दी सान्चेज, तथा स्वतन्त्रताका लागि सङ्घर्षमा खरो उत्रेका नागरिक समाजका प्रभावशाली अभियन्ता जोर्दी कुइसार्टले  जेलबाट आफ्नो रिहाईका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

सान्चेज र फोर्न गत महिना भएको क्याटलोनियाको क्षेत्रीय संसदको लागि भएको निर्वाचनबाट पुनः निर्वाचित भएका हुन्  ।

उनीहरुकाे अनुरोधलाई सर्वोच्चका न्यायाधीस पाब्लो लारेनाले उक्त निवेदन उपर बिहीबार नै कुनै आदेश दिनसक्ने अनुमान भने गरिएको छैन ।

फोर्न क्षेत्रीय संसदबाट एकतर्फी रूपमा क्याटलोनिया स्वतन्त्र बनाउने अभियानका केही नेतामध्ये एक प्रमुख नेता मानिन्छन् । यहाँको क्षेत्रीय संसदले सन् २०१७ को अक्टोबर १ मा भएको जनमत सङ्ग्रहको जनमत अनुसार अक्टोबर २७ गते क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । जनमत सङ्ग्रहलाई स्पेनले मान्यता दिएको थिएन ।

तर यस लगत्तै स्पेनको केन्द्र सरकारले क्याटलोनियाली संसद तथा क्षेत्रीय सरकारलाई भङ्ग गर्दै उक्त क्षेत्रमा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु गरेको थियो ।

सो अभियानमा सहभागी क्षेत्रीय सरकारका प्रमुख कार्लस पुज्डमोनसहित चारजना क्याटलोनियाली नेता शरणार्थीका रूपमा बेल्जियम पुगेका थिए । स्पेनले उनीहरूलाई सुपुर्दगी गर्न बेल्जियमसमक्ष आग्रह गर्दै आएको छ । रासस

 

प्रकाशित: २८ पुस २०७४ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App