coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख र अस्थायी मुकाम तोकिएन, छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा

काठमाडौं-  मन्त्रिपरिषद बैठकले छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ। धनकुटाको खोकु छिन्ताङमा २०३६ सालमा तत्कालिन मालेले गरेको सांस्कृतिक कार्यक्रममा सरकारी पक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो। घटनाको समयमा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। बैठकले ७ प्रदेशको प्रमुख र अस्थायी मुकाम तोक्ने भनिए पनि उक्त निर्णय गरेन।

बैठकले नेपाली सेनाका उपरथी गौरव चण्डुललाई रथीमा बढुवा गर्दै संयुक्त राष्ट्र संघको फोर्स कमाण्डरमा प्रतिस्पर्धामा पठाउने निर्णय गरेको छ। यस्तै प्राविधिक महासेनानी गजेन्द्रलाल महर्जनलाई सहायक रथीमा बढुवा गरेको छ। नेपाल न्याय सेवा विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई पदस्थापन गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ।

प्रकाशित: २८ पुस २०७४ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App