जीर्ण छ भक्तपुरको रानीपोखरी

शुक्रबार, २८ पुष २०७४, १४ : १० शिवहरि घिमिरे  | @shivsamir


पोखरीभरि सङ्लो पानी, किनारामा आराम कुर्सी र छेउछाउमा ढुंगे मूर्तिहरू । कुनै बेला यस्तै थियो, भक्तपुर सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरीको दृश्य । अहिले भने यो पोखरीको दृश्य फेरिएको छ। 

कुनै बेलाको सुन्दर रानीपोखरी अहिले फोहोर र झारपातले भरिएको छ । पोखरी छेउछाउका मूर्ति र जीर्ण बनेका छन्। 
स्थानीयका अनुसार नेपाल एकीकरणपूर्व यो पोखरीको किनारामा बसेर भक्तपुरका राजाहरू आराम गर्ने गर्थे । उनीहरू विदेशी पाहुनाको स्वागत गर्नसमेत यो पोखरीको प्रयोग गर्थे । कुनै बेला राजाले आराम गर्ने पोखरीको किनारा अहिले भने फुटेका इँटाले भरिएका छन् । पोखरीको पिँधमा थोरै मात्र धमिलो पानी देखिन्छ। 

जिम्मेवार निकायले मर्मतसम्भार र हेरचाह नगर्दा नेपाली सेनाले अधिग्रहण गरेको यो पोखरी अहिले जीर्ण बनेको स्थानीयवासी बताउँछन्।

जिम्मेवार निकायले मर्मतसम्भार र हेरचाह नगर्दा नेपाली सेनाले अधिग्रहण गरेको यो पोखरी अहिले जीर्ण बनेको स्थानीयवासी बताउँछन् । ‘भक्तपुर नगर प्रवेश गर्नासाथ पश्चिमपट्टि थोरै उकालो चढेपछि आउने यो रानीपोखरी भक्तपुरको गहना हो,’ दूधपाटीका ७२ वर्षीय धनराम श्रेष्ठ भन्छन्, ‘यसको महत्त्व न सेनाले बुझ्यो, न त नगरपालिकाले नै।’ 

उनी पोखरी खारेर सेनाले कम्पाउन्ड बनाउन खोजेको सुनिएकाले त्यसको सबैले विरोध गर्नुपर्ने बताउँछन् । ‘स्थानीयको संस्कृति जोडिएको सम्पदामा सेनाले सहज रूपमा प्रवेश नदिँदा हामीलाई दुःख लागेको छ,’ श्रेष्ठले भने, ‘त्यसैले यसलाई उचित मर्मतसम्भार गरेर सबैका लागि खुला छाड्न आवश्यक देखिन्छ।’

उनका अनुसार रानीपोखरी सम्झेर यहाँका स्थानीय बेला–बेला त्यहाँ प्रवेश गर्न खोज्छन् । तर, सेनाले बार लगाएकाले स्थानीय सहजै प्रवेश गर्न पाउँदैनन् । स्थानीय र कुनै पर्यटक पोखरी घुम्न चाहेमा सेनासँग अनुमति लिनुपर्छ । दूधपाटीका स्थानीय राजेशमान श्रेष्ठले यो पोखरी नेवार समुदायको संस्कृतिसँग जोडिएको बताए । ‘पहिले–पहिले हामीले हरेक पर्वमा पोखरीको पूजा गथ्र्यौं,’ उनले भने, ‘अहिले कुलपूजामा पनि मुस्किलले पोखरी प्रवेश गरेका छौँ ।’ उनले स्थानीय संस्कृति जोडिएको सम्पदा सेनाको अधीनमा हुनु सांस्कृतिक र ऐतिहासिक रूपमै नकारात्मक रहेको बताए । ‘सेनाले पोखरीमा प्रवेश नदिएकाले स्थानीय टोलवासीले पोखरी संरक्षण गर्न पाएका छैनौँ,’ उनले भने, ‘पोखरीलाई पुरानै अवस्थामा फर्काउने हो भने भक्तपुरमा पर्यटक संख्या पनि बढ्ने देखिन्छ।’

श्रेष्ठका अनुसार १० वर्ष अघिसम्म पोखरीमा प्रवेश गर्ने कलात्मक ढोका र बुट्टेदार पेटी थियो । पोखरी छेवैमा सत्तल पनि थियो । तर, अहिले पेटी, सत्तल, ढोका केही देखिन्न। 

भक्तपुर नगरपालिकाभित्र चार दर्जनभन्दा बढी पोखरी छन् । ती पोखरीमध्ये सबैभन्दा जेठो र ऐतिहासिक मूल पोखरीका रूपमा रानीपोखरी रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । उनका अनुसार यो पोखरी मल्लकालमा राजा जगतज्योति मल्लले स्थापना गरेका थिए । ‘यो पोखरीको शिलापत्र ५÷६ वर्ष पहिलेसम्म थियो, अहिले शिलापत्र नै गायब छ,’ उनले भने, ‘शिलापत्रमा उल्लेख भएअनुसार नेपाल संवत् २८८ भन्दा पहिले पोखरीको बीचमा सुनको छाना भएको मन्दिर थियो ।’ उनका अनुसार राजा श्रीनिवास मल्ल र प्रताप मल्लले पोखरीभित्रको मन्दिरलाई लक्षित गरेर आक्रमण गरेपछि पोखरीको अस्तित्व कम हुँदै गएको हो। 

धौभडेलका अनुसार नेपाल संवत् ७९६ मा पोखरीको पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण भएपछि मल्लकालको अन्तसम्म पोखरी सुन्दर थियो । पृथ्वीनारायण शाहको पालामा पोखरीछेवैको जग्गामा सेनालाई राखियो । त्यसपछि सेनाले पोखरीमा पौडी खेल्ने, नुहाउने, तालिम गर्नेलगायत गतिविधि गर्न थाले । ‘वि.सं. २००५ सालमा सेनाले क्याम्प स्थापना गर्‍यो,’ संस्कृतिविद् धौभडेलले भने, ‘बिस्तारै पोखरी पनि सेनाको परिधिमा प¥यो, पोखरी आसपासको सबै जग्गा सेनाले लियो।’ 

वागेश्वरी स्कुलका सहप्राचार्य ज्ञानसागर प्रजापतिका अनुसार पनि पहिले–पहिले यो ठाउँमा नेवार समुदायका बूढापाका भेला भएर सुखदुःख साट्ने गर्थे । तर, सेनाले पोखरी आफ्नो कम्पाउन्डभित्र पारेपछि बाहिरी मानिस सहजै प्रवेश गर्न नपाएको उनको भनाइ छ । ‘यो पोखरी भक्तपुरका सबैभन्दा ऐतिहासिक र पुरानो मानिन्छ,’ उनले भने, ‘तर, अहिलेको अवस्था भने राम्रो छैन, यसको महŒव कसैले बुझेका छैनन्।’ 

अहिले यो पोखरी आसपासमा नेपाली सेनाले सैनिक आवासीय महाविद्यालय सञ्चालन गर्दै आएको छ । पहिलेदेखि नै रानीपोखरी सेनाकै जग्गामा परेकाले वरिपरि तारले घेरेको महाविद्यालयका उप–प्रशासक हरि पौडेलले बताए । उनले तालिम केन्द्रभित्रै पोखरी पर्ने भएकाले त्यसको सबै रेखदेख  सेनाले नै गरेको दाबी गरे । ‘पहिले–पहिले यो पोखरीमा सेनालाई स्विमिङ तालिम दिइन्थ्यो,’ उनले भने, ‘हामीले कुलपूजाका बेला स्थानीयलाई खुला छाडेका छौँ, अरु बेला अनुमतिले मात्रै छिर्न दिन्छौँ ।’ 

विद्यालयका कर्नेल भूपालमान अधिकारीले पोखरी महाविद्यालयको हाताभित्र पर्ने भएकाले यसको सुरक्षा पनि विद्यालयले नै गरेको बताए । ‘यो जग्गा नेपाली सेनाको नाममा छ,’ उनले भने, ‘कोही इच्छुक भएर पोखरी संरक्षण गर्न आउँछ भने हामी हातेमालो गर्छौं, तर हामीले पोखरी अरु निकाय र स्थानीयलाई पूर्ण रूपमा छाड्दैनौँ ।’ उनले विद्यालयसँग बजेट कम भएकाले पोखरी संरक्षण गर्न नसकेको स्विकारे। 

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पोखरीको अवस्था जीर्ण भएकाले यसको संरक्षणका निम्ति विद्यालय र स्थानीयसँग छलफल भइरहेको बताए । ‘हामीले सेनासँगै मिलेर पनि पोखरी संरक्षण गर्न सक्छौँ,’ उनले भने, ‘यसलाई चिटिक्क पार्ने हो भने पर्यटकलाई तान्न सकिन्छ ।’ उनले सेनाले पोखरी खुला गर्दा आसपासमा नकारात्मक गतिविधि बढेकाले पनि अहिले बन्द गरेको बताए । ‘हामीले सेनासँग मिलेर यसको संरक्षण गर्र्छौं,’ मेयर प्रजापतिले भने, ‘सबै पक्ष मिल्ने हो भने पोखरीलाई जीवित राख्न सकिन्छ ।’ 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र...

साली बन्दै मरिस्का

साली बन्दै मरिस्का

नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको’ मंगलबार चितवनमा शुभमुहूर्त गरिएको छ । मुभिङ पिक्चर्सद्वारा निर्मीत फिल्ममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले...

‘शेरबहादुर हलिउडबाट प्रभावित’

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको...

लघुकथा वाचन तथा विमोचन

लघुकथा वाचन तथा विमोचन

शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ । ...