विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए (फोटो फिचर)

शुक्रबार, २८ पुष २०७४, १४ : ३४ खिलक बुढाथोकी  | @KhilakB


काठमाडौं- धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्।

नेपाल विद्यार्थी संघको नेतृत्वमा धुलोको कमी गर्न पहल गरियोस् भन्दै महानगरका मेयर विद्या सुन्दर शाक्यको ध्यानाआर्कषण गराउन विद्यार्थीहरुले महानगरको गेटमा धर्ना दिएका हुन्। शाक्यलाई भेट्न नपाएपछि विद्यार्थी नेताहरुले प्रवेशद्धारमै प्ले कार्डसहित धर्ना दिएका थिए।

‘हामीले विभिन्न ठाउँबाट हावामा उडेको धुलो संकलन गरेर मेयर शाक्यलाई बुझाउन आएका हौं,’ नेपाल विद्यार्थी संघका काठमाडौं जिल्लाध्यक्ष मनोज बैद्यले भने, ‘तर, मेयर शाक्यलाई भेट्न पाएनौं ।’ सयौं विद्यार्थी सहित आएको टोलीले उपमेयर हरिप्रभा खड्गीलाई संकलन गरेर ल्याएको धुलो बुझाएको छ।

‘महानगरवासीको करबाट चल्ने महानगरले नागरिकलाई परेको सास्ती हेर्ने दायित्व पुरा गरेको छैन्,’ विद्यार्थी नेता बलराम ढकालले भने, ‘सोही विरुद्ध हामीले अभियान चालेका हौं ।’ उनका अनुसार महानगरले धुलो नियन्त्रणमा पहल नगरे विद्यार्थीहरु नै धुलोरहित काठमाडौं बनाउन लाग्ने दाबी गरेका छन्। ‘हामी आफैं सडकमा उत्रिएर धुलो कम गर्नेछौं,’ विद्यार्थी नेता वैद्यले भने, ‘त्यो भन्दा अगाडि काम गर्न सक्दैनौं, हाम्रो जिम्मेवारी होइन् भनेर मेयर शाक्यले बोल्नपर्यो।’ महानगरको जिम्मेवारी जनताको सास्तीलाई कमी गर्ने हो भने धुलोको मार खेपिरहेका जनतालाई धुलोमुक्त सहरको अनुभूत गराउनुपर्ने विद्यार्थी नेताले दाबी गरेका छन्।

यता महानगरले भने धुलो नियन्त्रणको लागि काम गरिरहेको जनाएको छ। ‘हामीले धुलो नियन्त्रण गरेर सफा सहर बनाउने क्लिन काठमाडौं अभियान चालिरहेका छौं,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘धुलो हुनुमा महानगरको मात्रै दोष छैन।’ उनका अनुसार महानगरले धुलो नियन्त्रण जती गरेपनि अर्को निकाय आएर भत्काउने र धुलो बढाउने काम भइरहेको छ। मेयर शाक्य भने महानगरका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा गोदावारी गएका छन्। उपमेयर खड्गीले आएर विद्यार्थीले बुझाएको धुलो लिइन्। ‘मैले मेयर शाक्यलाई जानकारी गराउँछु,’ उनले भनिन्, ‘हेर्दै जाउ मेयर शाक्यले के गर्नहुन्छ।’

तस्बिर: प्रबिन कोइराला















यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन्। ...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका...

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३...

भिलेन मौनी

भिलेन मौनी

भारतीय टेलिभिजनमा ‘नागिन’का रुपमा परिचित मौनी रोयको अभिनयको गाडीले केही समय अघिमात्र बलिउडको ट्रयाक समातेको छ । उनी अभिनित फिल्म...