७ वैशाख २०८१ शुक्रबार
समाज

नुवाकोटमा ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा

नुवाकोट – माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाइँ मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाइँ मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ३६ हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

तार्केश्वर गाउँपालिका वडा नम्बर २ तारुकामा १८ हल गरु माघ १ मा जुधाउनको लागि माघेसंक्रान्ति गोरुजुधाई संरक्षण संस्थामा दर्ता भएको जनाएको छ। गोरु जुधाई मेला सञ्चालन गर्नको लागि गर्नुपर्ने सबै तयारी पूरा भइसकेको तार्केश्वर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष समरबहादुर आलेमगरले बताए।

मेला स्थलसम्म सवारी साधनसहित पुग्ने सहभागीहरुको साधन पार्किङ गर्ने स्थलको निर्माण गरिनुको साथै सहभागीहरुको लागि स्वच्छ खानेपानी, सुपथ मूल्यमा खाना तथा खाजाको व्यवस्था गरिएको छ। मेलामा हुने सहभागीलाई शौचालयकोे प्रबन्ध मिलाइनुको साथै तारुकाघाटदेखि मेलास्थल सम्मको

सडकलाई धुलोमुक्त सडक बनाउन ट्याङ्करमार्फत पानी छ्याप्ने व्यवस्था गरिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिए। उनका अनुसार मेलामा सहभागी हुने विजेता गोरु धनीलाई पाँच हजार रुपैयाँ र उपविजेतालाई तीन हजार रुपैया नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

गोरु जुधाई मेलालाई लक्षित गरी माघ १ गते दैनिक ८ घण्टा बन्द हुदै आएको गल्छी–देवीघाट सडकखण्ड बन्द नहुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले जनाएको छ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नमबर १० बेत्रावतीमा १० हल गोरु जुधाउनको लागि दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा माघ १ गते ८ हल गोरु जुधाइने भएको छ।

पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाइको लागि नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार साँझसम्ममा ८ हल गोरु पालक किसानहरुले नाम दर्ता गराएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताए। माघ १ गते गोरु जुधाउनको लागि थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीमा रहेका किसानहरुले नाम दर्ता गरेका छन्।

गोरु जुधाइ प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई १० हजार रुपैयाँ, दोश्रो हुनेलाई ७ हजार रुपैयाँ र तेश्रो हुनेलाई ३ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजक समूहले जनाएको छ।

परापूर्वकालदेखि चल्दै आएको गोरु जुधाई मेलालाई निरन्तरता दिन हरेक वर्षको माघ १ गते विगत ४ वर्षदेखि गोरु जुधाई प्रतियोगिता नवप्रतिभा युवा समूहले आयोजना गर्दै आएको अध्यक्ष विष्टले बताए।

प्रकाशित: २८ पुस २०७४ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App