८ वैशाख २०८१ शनिबार
समाज

मृतक म्यादी प्रहरीका परिवारद्वारा छानविन प्रतिबेदन माग

कालिकोट – यहि पुस ७ गते प्रहरीले गोली हानी हत्या गरिएका म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। शुक्रबार मृतकका वुवा हरिबहादुर ऐडीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय सिंहदरबारमा प्रतिवेदन तत्काल पाउँभन्दै ज्ञापनपत्र बुझाएका हुन्।

घटनाको छलफलपछि एक हप्ताभित्र छानविन प्रतिवेदन पीडित पक्षलाई बुझाउने आश्वासन छानविन टोलीले दिए पनि आजसम्म प्रतिवेदन नपाएकाले तत्काल दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। गएको मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएका विवेक ऐडीको प्रहरीले गोली हानेर हत्या गरेपछि गृहमन्त्रालयका सहसचिव मानबहादुर विकको नेतृत्वमा गठित छानविन टोली कालिकोट आएको थियो। सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ घरभई हाल रास्कोट नगरपालिका २ वस्ने मृतक विवेक ऐडीका बुवा हरिबहादुरले घटनाको प्रतिवेदन अहिलेसम्म गुपचुपमा राखेको भन्दै पीडितलाई न्याय दिलाउने ठाउँमा झन पीडा दिने काम भएको गुनासो गरेका छन्।

म्यादी प्रहरीले पाउने सेवा सुविधा जिल्ला प्रहरी कार्यालयले जानकारी नगरेको भन्दै म्यादी प्रहरीले असन्तुष्टी पोखेका थिए। सामान्य विबादपछि प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप भएको थियो। उक्त घटनामा दुई दर्जन स्थानीय घाइते भएका थिए। घटनाले उग्र रुप लिँदा तत्कालिन सशस्त्र युद्धमा कर्फ्यू नलागेको जिल्लामा म्यादी प्रहरीको मृत्यु हुँदा तीन दिनसम्मको कर्फ्यूले जनजीवन कष्टकर बनेको थियो।

प्रकाशित: २८ पुस २०७४ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App