coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मेसी प्रेरित बार्सिलोनाको प्रभावशाली जित

मड्रिड – भर्खरै लिभरपुलबाट आएका फिलिप कौटिन्होको अगाडी लियोनेल मेसीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले बिहीबार कोपा डेल रेमा सेल्टा भिगोमाथि ५–० को सहज विजय हासिल गरेको छ ।

जितसँगै समग्रमा ६–१ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको छ ।
पहिलो लेगलमा १–१ को बराबरी खेलेको सेल्टा भिगोलाई तीन पटकको साबिक विजेता बार्सिलोनाले  पहलिो हाफमै ४–० ले पछि पारेको थियो । मेसीले १३  र १५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिएका थिए । दुवै गोल वायाँ खुट्टाले हानेका मेसीका लागि जोर्डी अल्बाले अवसर सिर्जना गरिदिएका थिए ।

मेसीले मिलाइदिएको पासमा अल्बाले २८औं मिनेटमा अर्को गोल थपे । त्यसको तीन मिनेट नबित्दै लुइस स्वारेजले गोल थपेपछि घरेलु टोलीले पहिलो हाफमै चार गोलको अग्रता लियो ।

ओसामाने डेम्बेलेले मध्यभागबाट तीन रक्षकलाई छलाउँदै लगेर हानेको प्रहारले पोष्टको दिशा लिन सकेन । खेल सकिँन तीन मिनेट बाँकी रहँदा डेम्बेलेकै पासमा इभान राकेटिचले पाँचौं गोल थपे ।

पहिलो लेगमा २–१ ले पराजित भएको स्पानियोलले बिहीबार लियो बाप्टिस्टा र गेरार्ड मोरेनोको गोलमा लेभान्टेमाथि समग्रमा ३–२ को नतिजा निकाल्दै अन्तिम ८ मा स्थान बनाएको छ । दोस्रो श्रेणीको क्लब काडिजलाई २–१ ले हराएको सेभियाले समग्रामा ४–१ को नतिजा निकाल्दै  क्वार्टरफाइनलमा स्थान बनायो ।

प्रकाशित: २९ पुस २०७४ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App