इङ्ल्याण्ड – इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदैछन ।
नेपाली समयअनुसार आज राति ८ः१५ मा हुँने खेलमाहरुमा चेल्सीले लेष्टर सिटी, क्रिष्टल प्यालेसले बर्नली, हडल्सफिल्डले वेष्टह्याम युनाइटेड,न्यूक्यासल युनाइटेडले स्वान्सी सिटी, वार्टफोर्डले साउथह्याम्टन र वेष्टब्रोमले ब्राइटनको सामना गर्दैछन ।
त्यस्तै आजको अन्तिम खेलमा राति ११ः१५ मा टोट्नह्याम र एभर्टन आमने सामने हुँनेछन ।
प्रिमियर लिगको २२ औं चरणका खेल सकिदा म्यानचेष्टर सिटी ६२ अंकका साथ तालिकाको पहिलो स्थानमा छ । त्यस्तै म्यानचेष्टर युनाइटेड ४७ अंकका साथ दोस्रो, चेल्सी ४६ अंकका साथ तेस्रो तथा लिभरपुल ४४ अंकका साथ लिगको चौथो स्थानमा रहेका छन ।
प्रकाशित: २९ पुस २०७४ ०४:३६ शनिबार