coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीको लम्कीमा दुई बस ठोक्कियो, सात गम्भीर

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिका ८ गुलरामा आज बिहान आठ बजे दुई बस एक आपसमा ठक्कर खाँदा सात जना गम्भीर घाइते भएका छन्। 

धनगढीबाट नारायणगढ जाँदै गरेको ना ४ ख २२६ र टिकापुरबाट धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरकाे बस एक आपसमा ठक्कर खाएको हो। 

दुर्घटनामा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताए । उनका अनुसार घाइतेको लालरत्न अस्पताल कैलालीमा उपचार भइरहेको छ भने गम्भीर पाँचलाई थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज पठाइएको छ। 

उनका अनुसार बाक्लो हुस्सुका कारण बाटो नदेखिएकाले दुई बस एक आपसमा ठक्कर खाएको हो। 

 

प्रकाशित: २९ पुस २०७४ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App