coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ला लिग फुटबलमा रियल र भिल्लारियल भिड्दै

म्याड्रिड– स्पेनिस ला लिग फुटबलमा आज डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले भिल्लारियलको सामना गर्दैछ ।  खेल नेपाली समयअनुसार राति ९ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुँनेछ । 

पछिल्लो समय लिगमा खराव प्रर्दशन गदै आएको रियल १७ खेलबाट ३२ अंकका साथ तालिकाको चौंथो स्थानमा रहेको छ । यस सिजन रियललाई ला लिगा फुटबलको उपाधि जित्न कठिन देखिएको छ । 

पछिल्लो खेलमा रियलले सेल्टा डि भिगोसँग २–२ को बराबरी खेल्दै अंक बाडेको थियो । यता आज रियलसँग भिड्न लागेको भिल्लारियल भने तालिकाको छैटौं स्थानमा छ । 

रियलका स्ट्राइकर करिम बेन्जेमा र डिफेन्डर सर्जियो रामोस घाइते रहेकाले आजको खेलमा ग्यारेथ बेल र ड्यानी कार्भाजलले सुरुवाती ११ मा खेल्ने सम्भावना प्रवल छ । 

ला लिगाको पहिलो स्थानमा १८ खेलबाट ४८ अंक जोड्दै बार्सिलोना शिर्ष स्थानमा रहेको छ । त्यस्तै ३९ अंकका साथ एथ्लेटिकको मड्रिड दोस्रो तथा ३७ अंकका साथ भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ । 

प्रकाशित: २९ पुस २०७४ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App